काठमाडौं । हामी हरेक दिन मौसम अपडेट प्रस्तुत गर्दछौ । आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बेलुका देशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी क्षेत्रमा बेलुकी हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

अरु प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली प्रदेशमा पहाडी केही क्षेत्रमा मात्रै पानी पर्ने अनुमान छ ।

अबको केही दिन ठूलो पानी पर्ने सम्भावना छैन । मनसुनको न्यून चापीय रेखा फेरि भारततर्फ सर्दै गएकाले केही दिन ठूलो पानी नपर्ने मौसमविद् पौडेलले बताउनु भयो । काठमाडौं उपत्यकासहित केही ठाउँमा गएराति पानी परेको थियो ।

अहिले पानी पर्न रोकिएपछि बिस्तारै मौसम खुल्दै गएको छ । अबको तीन दिन कोशी, नारायणी, कन्काई, कर्णाली, महाकालीलगायत ठूला नदीमा पानीको सतह सतर्कता तहभन्दा तल नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

 

सम्बन्धित खबरहरु