काठमाडौं । पुल्चोकमा एक व्यक्ति मृत फेला परेका छन् । ललितपुरको पुल्चोकमा एकजना व्यक्ति मृत फेला परेका हुन् ।

मृतकको पहिचान भारतको दार्जिलिङ घर भएका रामबहादुर क्षेत्रीका रुपमा भएको छ । उनी ललितपुर उपमहानगरपालिका पुल्चोकमा म:म पसल चलाउँदै आएका थिए ।

६२ वर्षका क्षेत्री मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी गरायो । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले यसको पुष्टि गर्नुभयो ।

उनलाई घरभित्रै झुण्डिएको अवस्थामा फेला पारिएको उहाँले बताउनुभयो । जिसीका अनुसार हिजो (मंगलबार) देखि कोठामा कुनै चालचुल नभएपछि माथि बस्नेले ढोका ढक्ढकाएका थिए ।

छिमेकीले ढोका खोल्न खोज्दा पनि नखोलेपछि प्रहरीलाई खबर जानकारी गराइएको थियो । त्यसपछि पुगेको प्रहरीले सलमा झुण्डिएको अवस्थामा क्षेत्रीलाई फेला पारेको हो ।

जानकारी अनुसार मृतककी पत्नीको कोभिड–१९ भाइरसका कारण मृत्यु भैसकेको थियो ।

प्रहरीले उनको मृत्यु भएपछि आफन्तलाई जानकारी गराएको छ । उनको लाशलाई पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइनेछ ।

सम्बन्धित खबरहरु