काठमाडौं । फुटपाथका व्यवसाय हटेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गर्नुभएको छ ।

यसअघि फुटपाथमा मानिसलाई सास फेर्न समेत हम्मेहम्मे पर्दथ्यो । अहिले बानेश्वर क्षेत्र धेरै शान्त छ । बानेश्वरको आकाशेपुलतर्फ हेर्दै बालेनले भन्नुभयो, बल्ल योपनि काम लाग्ने भएछ ।

मानिसहरु जहाँबाटपनि बाटो काट्थे अहिले आकाशेपुलबाट नै बाटो काट्न मिनेट मिनेटमा माइकिङ्ग गरिन्छ । फुटपाथका व्यापार हटाएपछि बालेनले बिहान त्यसको प्रगतिबारे अवलोकन गर्नुभयो ।

स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेलले जानकारी दिनुभयो ।

मेयर साहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिनुभयो । मेयर साहको निर्देशन अनुसार अहिले महानगर प्रहरी र कर्मचारीहरुले काम गरिरहेको देखिन्छ । साथमा महानगर प्रहरीका प्रमुख धनपती सापकोटापनि आइपुग्नुभएको थियो ।

नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो । यसमा पार्किङ्गकै रुपमा प्रयोग गर्न आग्रह गरिएको छ ।

उहाँले काठमाडौंका सबै घर महानगरको प्रशासनीक संरचनाले अवलोकन गर्ने र निर्माण गर्दा जसरी अनुमती दिइएको छ त्यसरी नै प्रयोग गराउँन कडाई गरिने समेत बताउँनुभयो ।

 

सम्बन्धित खबरहरु