काठमाडौं । केही दिन अघि अस्ट्रेलियामा सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गरेको विषय धेरैलाई जानकारी भएको हुनुपर्छ ।

सार्वजनिक स्थलमा त्योपनि आफ्नै कारभित्र हस्तमैथुन गरेको अभियोगमा एक नेपाली पक्राउ गरेको खबर सर्वत्र फैलिएको थियो ।

हाम्रो स्रोतको पुष्टि अनुसार त्यो सत्य हो । यसैले आज हामी अस्ट्रेलियाका कुन कुन राज्यमा अश्लील हर्कतलाई बन्देज लगाएको छ ।

र कस्तो कानूनी व्यवस्था छ भने जानकारी प्रस्तुत गर्दैछौ । अस्ट्रेलियाका विभिन्न राज्य अनुसार कानूनहरु फरक फरक छन् ।

समरी अफेन्स एक्ट अन्तर्गत र पुलिस अफेन्स एक्ट अन्तर्गत यस्तो कार्य बन्देज गरिएको छ र कारबाहीको व्यवस्था गरिएको छ । क्रिमिनल कोड अन्तर्गतपनि कारबाही गरिन्छ ।

न्यू साउथ वल्स, साउथ अस्ट्रेलिया, अस्ट्रेलियन क्यापिटल क्षेत्रभित्र त सार्वजनिक स्थलमा मात्र हैन, सार्वजनिक स्थलबाट देखिनेगरी आफ्नै घरभित्र अश्लील कार्य गरिरहेको देखियो भनेपनि कारबाही हुनेछ । त्यसैले तपाई आफ्नो घरमा पर्दा लगाएर मात्र रोमान्सका कामहरु गर्नुहोला ।

यस्तो अवस्थामा देखेर कसैले उजुरी गरेमा न्यू साउथ वल्समा ६ महिना, भिक्टोरियामा २ बर्ष, क्वीन्सल्याण्डमा २ बर्ष, साउथ अस्ट्रेलियामा ६ महिना जेल सजाय हुन्छ ।

सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गरेको ठहर भएमा वष्ट्रन अस्ट्रेलियामा २ बर्ष, तास्मानियामा १२ महिना, नर्दन क्षेत्रमा ६ महिना, क्यानबेरामा एक बर्ष जेल सजाय हुनेछ । तपाई अस्ट्रेलियामा बस्दै हुनुहुन्छ भने यहाँको सामाजिक मूल्य र मान्यताको सम्मान गर्नुहोस् ।

आफू बच्नुहोस् । जानकारी सेयर गरेर अरुलाईपनि बचाउँनुहोस् । कानून मैले जानिन भन्ने छुट कसैलाई हुन्न । जुन देशमा बसोबास गरिन्छ । त्यो देशको कानून पालना गर्नु, सम्मान गर्नु हरेक मानिसको कर्तव्य हुनेछ ।

 

सम्बन्धित खबरहरु