काठमाडौं । एक महिलाले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी हुन् ।

राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल समेत खन्याएकी थिइन् । तर प्रहरीले उनलाई बीचमा नै पक्राउ गर्यो । यसअघि, राजपुत आफ्नो बच्चाको डीएनए जाँचको माग गर्दै अनसन पनि बसेकी थिइन् ।

घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको उनको आरोप छ । सोही कारण पुन: प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । उनले जनकपुरका शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेको बताउँदै आएकी छिन् ।

श्रेष्ठले सो घटनाको तस्वीर र भिडियो बनाएर ब्ल्याकमेल पनि गरेका थिए । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगिन्, जहाँ उनको मुद्दा विचाराधीन छ ।

सम्बन्धित खबरहरु