काठमाडौं । नेपालमा बलात्कार जस्तो जघन्य अपराधको घटना घट्को सट्टा झनै वृद्धि भइरहेका छन् ।

घटनापनि यति जघन्य छन् कि त्यसका समाचारपनि पढ्न मुस्किल छ । यस्तै जो कोही भक्कानिने घटना बाहिर आएको छ ।

सामाजिक अभियान्ता, सयौँ छोरीहरुको संरक्षक रक्षा नेपालकी संस्थापक मेनुका थापाले दिएको जानकारीको घटना यति जघन्य छ कि जसले जो कोही मानवको ह्दय छिया–छिया बनाउँछ ।

उहाँका अनुसार १५ बर्षिय बालिका “जबरजस्ति करणी” को शिकार भई ८ महीनाको गर्भ बोकेर अति कमजोर स्वास्थ्य स्थितिको कारण काठमाडौको एउटा अस्पतालमा “जीवन, मृत्युको संघर्ष गर्दै छिन्” ।

आफ्नो छोरीको यस्तो हालत बाट “मुटु चिरिएका एक बुबा” जाहेरी दर्ता गराऊन जादा प्रहरीले “यताबाट उता जाऊ भन्ने, उता बाट फेरी उता जाऊ भन्ने गरी, आज त “तिम्री छोरी नलेराई त जाहेरी दर्ता गर्न मिल्दैंन भनिदिएको दुखेसो पोख्नुभयो । मुद्दा नै दर्ता गर्न मानेनछ, दोलखा प्रहरीले भन्दै उहाँले आश्चार्य जनाउँनुभएको छ ।

नेपाल प्रहरी वा सबैले “ती पिडित र बिछिप्त बुबा” लाई मन बुझाईदिनुहोस् । उहाँ जाने कहा हो ? गर्ने के हो ?

एउटा गरीब, अशिक्षित, बेसहारा बुबा आफ्नो छोरीको “दयनीय अवस्था” देखी पलपल “मूर्छित हुदै” आफै सम्हालिदै माथी पहाडबाट घण्टौ हिडेर अस्ती देखी सदरमुकाममा आइ हरेक दिन “जिल्ला प्रहरी कार्यालय दोलखाको दैलोमा हात जोडी रहनुभएको छ ।

एकातिर छोरी को स्वास्थ्यको चिन्ता अर्को तर्फ अपराधी भाग्ला भन्ने चिन्ता । यही हो लोकतान्त्रिक मुलुक भनेको ? भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।

उहाँले प्रहरी हाम्रो साथी भनेको हैन यही हो ? भन्दै आइजीपी साहब धिरज सिंह ज्यू ? समक्ष यो कुरो पुग्यो कि पुगेन ? भन्दै प्रश्न गर्नुभएको छ ।

 

सम्बन्धित खबरहरु