काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) बार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई आकर्षित र बिकास गर्ने गरि सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाले मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले कार्ययोजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढाएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले आन्तरिक पर्यटनलाई बढावा दिदै बाह्य पर्यटन भित्राउनका लागि सम्बन्धीत संस्थासंग सहकार्य गर्दै अघि बढिने जानकारी दिनुभयो ।

त्यस्तै उहाले अहिले आरोहणमा नरहेका पाँच हजार आठ सय मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको बताउनुभयो ।

टानको बार्षिक साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

https://youtu.be/pLFt5RGC88A

 

सम्बन्धित खबरहरु