काठमाडों । नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो । पाँच वर्षमा ४८ कानुन निर्माण

कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा ७८ विधेयक दर्ता भएका छन् भने ६ वटा अध्यादेश सभाबाट स्वीकृत भएका छन् ।

त्यसैगरी, आठ विधेयकहरु विषयगत समितिमा छलफलका क्रममा छन् । प्रदेशसभाको सुरुआतमा कानुन निर्माणलाई प्राथमिकता दिइएको भएपनि पछिल्लो समय राजनीतिक खिचातानीको मारमा परेको छ ।

सुरुका तीन वर्षमा ३८ कानुन बनाएको प्रदेशसभाले त्यसयताको डेढ वर्षमा १० वटा कानुन बनाएको हो । सत्ता फेरबदलको खेलमा केन्द्रित हुँदा गत वर्ष संसद्मा एउटा पनि विधेयक पारित हुन सकेन । सत्ता प्रतिपक्षको बेमेलका कारण संसद् अवरोध हुँदा कतिपय अवस्थामा अत्यावश्यक कानुन निर्माणको साटो सरकारले अध्यादेशको सहारासमेत लिएको थियो ।

प्रदेशसभाको मुख्य काम सरकार निर्माण गर्ने, प्रादेशिक कानुन बनाउने, प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्ने तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने हो । प्रदेशसभाको हालसम्मका कामलाई हेर्दा उत्साहपूूर्ण नै रहेको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताउनुभयो । उहाँले कर्णालीको प्रदेशसभामा केही समय अलमलको स्थिति देखिएपनि कामहरु निरन्तर अगाडि बढेको औँल्याउनुभयो ।

प्रदेशसभाले अन्य प्रदेशको तुलनामा केही राम्रा अभ्यासको सुरुवातसमेत गरेको सभामुख शाहीले बताउनुभयो । “प्रदेशसभाले खुुल्ला संसद्को अवधारणा ल्यायो । जसअनुसार हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि पनि संसद् खुल्ला गरिन्छ”, उहाँले भन्नुभयो, “सर्वसाधारण नागरिक पनि संसद्मा भएका गतिविधिका विषयमा जानकार हुने अवसर पाएका छन् ।” रासस

सम्बन्धित खबरहरु