यस्तो कठोर मन कसरी बनाउनु भयो
मलाई लाश बनाएर आफ्नो दुनो सोज्याउनु भयो

ज्युदो लास भई ढलिरहेको छु म मलामि लिएर आउ तिमि
मन त खुसि छ होला नक्कली आशु बोकेर रुन थाल तिमि
सयौ जुनि सँगै बाच्ने कसम खुवाउने तिम्रो जिवन खुसि होस
यो ढुकढुकी रहदैन होला मैले अब बाच्न नपरोस

कहिले देखिको नाता थियो तिमिसँग मेरो अब रहेन
गल्ति माथि गल्ति गर्यौ , जिन्दगि सँग सोध्नुपर्यो प्रश्न
मलाई मरे तुल्य बनायो त्यो तिम्रो झुटा कसमले
मेरो जिवन सिध्याएर मुस्कुराएको देख्छु मेरा नयनले

नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी 

सम्बन्धित खबरहरु