KP, Prachanda, Oli

१८ माघ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओलीको माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।
विगतमा संसद अवरोध खुलाउँदा माओवादीलाई अढाइ अर्ब रुपैयाँ दिएजस्तै अहिले १० अर्बका लागि बार्गेनिङ गरेको ओलीको आरोप प्रति नेम्वाङ्गले आपत्ति जनाएका हुन् ।

सिंहदरबारमा संसदीय मामिला पत्रकारसँगको नियमित भेटघाटका क्रममा सभाध्यक्ष नेम्वाङले ओलीको यस्तो भनाइप्रति असन्तुष्टि जनाएका हुन् ।

‘दलहरुले यस्तो बेलामा एक अर्काका बारेमा तिक्त टिप्पणी गर्नु राम्रो होइन’ नेम्वाङले भने ‘यसले आपसी सम्बन्धलाई झन् नराम्रो बनाउँछ र सहमतिमा बाधा पार्छ ।’

सभाध्यक्ष नेम्वाङले ओलीको नाम नलिई, जुन कुरा बाहिर आएको छ, त्यो राम्रो होइन भने । ‘यस्ता कुरा बन्द गर्नु राम्रो हुन्छ’ नेम्वाङले भने ‘उहाँले त्यस्तो कुरा नगरेको भए राम्रो हुने थियो ा अध्यक्ष ओलीको उक्त अभिव्यक्तिले राजनीतिक दलभित्र खैलाबैला नै निम्त्याएको छ । जसलाई एमाओवादीले घोर आपत्ति जनाएको छ ।
यता १० अर्ब दिए एमाओवादीले आन्दोलन रोक्छ भन्ने केपीको अभिव्यक्तिलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आफुलाई जवाफ दिनै लाज लागेको प्रतिक्रिया दिएका छन् । उनले भने यस्ता पनि नेता हुन्छन् भन्नेमा आफुलाई लाज लागेकाले कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

यता प्रश्नावली प्रस्ताव समिति प्रति सर्वत्र आलोचना भइरहेका बेला सभाध्यक्ष नेम्वाङ्गले भने सोही समिति नै दलहरुबीच सहमति कायम गर्ने मध्यमार्गी बाटो रहेको धारणा राखेका छन् । ‘यसले सहमतिलाई महत्व दिएको छ, जुनसुकै बेला दलहरु सहमत हुनासाथ एकैचोटि मस्यौदा समितिमा जान्छ’ नेम्वाङले भने ।

सम्बन्धित खबरहरु