काठमाडौं । बहुचर्चित नेपाली फिल्म ‘प्रेमगीत ३’ पाकिस्तानमापनि प्रदर्शन हुँदैछ ।

पाकिस्तानमा पहिले नै उर्दू भाषाका चलचित्र खेलेर स्टार बनिसकेका अभिनेता शिव श्रेष्ठको समेत प्रमुखमध्येको भूमिका रहेको फिल्म ‘प्रेमगीत ३’ असोज ७ गते नै पाकिस्तानमा रिलिज हुने भएको हो ।

वाली इन्टरप्राइजेजले उर्दू भाषामा फिल्म रिलिज गर्न लागेको हो । उर्दूमा डबिङ भइकेको छ ।

पाकिस्तानको सेन्सर बोर्डले फिल्मको जाँच गरिसकेको छ । ‘पाकिस्तान रिलिजको खबरले हामीलाई नयाँ बजार खोज्न प्रेरित गरेको छ,’ भारत प्रचार अभियानपछि स्वदेश फर्किएका निर्देशक तथा निर्माता सन्तोष सेनले भने ।

पाकिस्तान भारतीय फिल्मलाई चर्को सेन्सर गर्ने देश हो । त्यहाँ उर्दू र मध्यपूर्वका फिल्म लोकप्रिय मानिन्छन् । नेपाली फिल्मलेपनि स्थान पाउँनु अत्यन्तै खुशीको कुरा हो खुशी हुँदै सन्तोषले भने ।

सम्बन्धित खबरहरु