काठमाडौं । जापानको एयरविन्ड टेक्नोलोजीले बनाएको “एक्सटुरिसमो होभरबाइक’ नामक मोटरसाइकल अमेरिकामा आयोजित ‘डेट्रोइट अटो शो’मा पहिलो पटक प्रस्तुत गरिएको छ ।

होयो बाइक १०० किलोमिटर प्रति घण्टाको स्पिडमा ४० मिनेटसम्म उड्नसक्ने सफल परीक्षण समेत भएको छ ।

कार्यक्रममा विभिन्न व्यक्तिले यो बाइकको परीक्षण उडान पनि गरेका थिए । जापानमा व्यावसायिक सुरुवात गरिसकेको यो हाइब्रिड बाइक जापानबाहिर भने पहिलोपटक अमेरिकामा प्रस्तुत गरिएको हो ।

यो बाइकको मूल्य सात लाख ७७ हजार डलर (नौ करोड ८१ लाख रूपैयाँ बढी) तोकिएको छ । यसको मूल्य चाँडै घट्दै जाने निर्माण कम्पनीले बताएको छ ।

कम्पनीले सानो भर्सनको बाइक पनि ल्याउने तयारी गरेको छ । सानो भर्सनको बाईकको मूल्य थोरै हुनेछ ।

यो बाटोमा अचानक बन्द भएमा, अत्याधिक जाम भएमा वा नदीमा पुल नभएको अवस्थामा वारपार गर्न अति उपयुक्त हुने देखिएको छ । उड्ने बाईक आएपछि बाईकका शौखिनहरु उत्साहित भएका छन् । यसको बुकिङ्ग गर्नेहरुको क्रमपनि अत्याधिक बढेको छ ।

 

सम्बन्धित खबरहरु