काठमाडौं । पाकिस्तानकी चर्चित पार्श्व गायिका आइमा बेगले आफ्ना पूर्व मङ्गेतर (भावि पति) शहबाज शिग्रीलाई धोका दिएको भन्दै चर्को आलोचनाको सामना गर्नु परेको छ । मङ्गेतर शाहबाज शिग्रीसँगको इन्गेजमेन्ट टुटेपछि उनी चर्चामा आएकी थिइन् ।

आइमा बेगमाथि बेलायती मोडल तलौलाह माइरले क्यूस अहमदसँग डेट गरेको आरोप लगाएकी हुन् । तलौलाह माइरले क्यूस अहमदको पूर्व प्रेमिका थिइन् । बेलायती मोडल तलौलाह माइरले आइमा बेगमाथि गम्भीर आरोप लगाएकी छिन् ।

उनले तिनीहरूलाई पर्दाफास गर्न प्रमाणको रूपमा आइमा र अहमदको रेकर्डिङको साथ एक भिडियो पोस्ट पनि गरिन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आइमा बेग र अहमदलाई ट्रोल गर्न थालेका छन् ।

त्यसपछि आइमा पाकिस्तानमा निरन्तर ट्रेन्डिङमा छिन् । बेलायती मोडल माइरका अनुसार उनी पाकिस्तानी चलचित्र निर्माता क्यूस अहमदलाई डेट गरिरहेकी थिइन्, जसले १० हजार पाउन्ड मात्र चोरेनन्, आइमा बेगका लागि उनलाई धोका पनि दिए । तालौलाहले यो कुरा पुष्टि गरेकी छन् । उनले ती मोडललाई धोका दिएर घमण्ड गरिरहेका थिए ।

पाकिस्तानको सबैभन्दा प्रसिद्ध महिलाहरू मध्ये एकलाई डेट गरिरहेको उनले जानकारी गराएका हुन् । तालौलाहका अनुसार गायिका आइमाले दुबईमा फ्ल्याटको लागि पैसा तिरेकी थिइन्, जहाँ क्युस आइमासँग बस्ने योजनामा थिए । यो सबै तब भयो जब उनको शाहबाज शिग्रीसंग इन्गेजमेन्ट भएको थियो ।

यता, शाहबाज शिग्रीकी पूर्व पत्नीले धोका दिएको झुटो आरोपको विरुद्धमा उनको बचाउ गरेकी छिन् । कसले कसलाई धोका दियो र वास्तविक कथा के हो भन्ने बारे सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पूर्णतया अलमलमा छन् ।

सामाजिक सञ्जालमा भएको त्यो गडबडीपछि आइमा बेग, क्यूस अहमद र शाहबाज शिग्रीले पूर्ण मौनता धारण गरिरहेका छन्, अहिलेसम्म यसबारे कुनै बयान वा टिप्पणी जारी गरेका छैनन् ।

 

सम्बन्धित खबरहरु