agni-kharel

काठमाडौं । संविधानसभाको प्रश्नावली प्रस्ताब निर्माण समितिले प्रश्नावली निर्माणको काम शुरु गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले प्रश्नावली निर्माणको लागी नेकपा एमालेका सभासद अग्नी खरेलको संयोजकत्वमा ९ सदस्यीय प्रश्नावली निर्माण उपसमिति गठन गरेको हो ।

उपसमितिमा राधेश्याम अधिकारी , रमेश लेखक , कृष्णभक्त पोखरेल, अतरकुलम मुसलमान , कुमार खड्का , उषा गुरु , श्रीमाया थकाली र सिपी मैनाली रहेका छन् ।

उपसमितिलाई प्रश्नावली निर्माण गर्दे समितिको पूर्ण समितिमा पेश गर्न मंगलबार सम्मको समय दिइएको छ ।

बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकुल नहुने गरी नयाँ संविधानका अन्तरबस्तुमा रहेका विवादित विषयमा प्रश्नावली निर्माण शुरु गर्ने जनाईएको छ । समितिको पुर्ण बैठक मंगलबार अपरान्ह बस्ने छ ।

सम्बन्धित खबरहरु