काठमाडौं । आज सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् हिरा भट्टराईका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति भारी र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारतको उत्तर पूर्वी राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति ठूलो भारी वर्षाको सम्भावना छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशसँग जोडिएका कर्णाली प्रदेशका केही जिल्लामा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । राति पनि सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

भारी वर्षाको सम्भावना रहेकाले सुदूरपश्चिममा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यी क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई, गैडेलगायत इलामको सीमा आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा थप ठूलो वर्षाको अनुमान गरिएको छ ।

यसले मेची, बिरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवाखोलालगायत झापाका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

सम्बन्धित खबरहरु