काठमाडौं । मानव बस्तीले भरिएको सहरको मुख्य चोकमा आत्मघाती हमला जस्तो जघन्य अपराध भएको छ । जसले ठूलो मानवीय क्षति पुगेको छ । अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका हुन् ।

अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको जानकारी दिएको हो । उक्त मिसनका अनुसार अफगानिस्तानको हाजरा सहरमा शुक्रबार भएको सो आत्मघाती हमलामा परेर ५३ जनाको ज्यान गएको छ ।

त्यसैगरी सो आक्रमणमा परेर कम्तीमा पनि ४६ जना अरु व्यक्ति घाइते भएका पनि समाचारमा जनाइएको छ । अफगानिस्तानको पश्चिमी सो सहरको एक शैक्षिक केन्द्रमा सो हमला भएको थियो ।

सो शैक्षिक केन्द्रमा ठूलो सङ्ख्याका विद्यार्थी जम्मा भएका थिए । उनीहरुले परीक्षाको तयारी गरिरहेका बेला सो आत्मघाती बम हमला भएको उक्त शिक्षण संस्थाले जानकारी दिएको छ ।
यति धेरै संख्यामा नागरिकको ज्यान जानेगरी भएको सो हमलाको जिम्मेवारी अहिलेसम्म पनि कुनै समूह या व्यक्तिले लिएको छैन ।

अफगानिस्तानमा गएको वर्षदिन भन्दा लामो समयदेखि तालिवानीहरुको शासन रहेको छ । त्यहाँ अहिले पनि यसरी हत्या हिंसा गरी नागरिकको ज्यान लिने क्रम रोकिएको छैन ।

 

सम्बन्धित खबरहरु