भारतको उत्कृष्ट फर्टिलिटी सेन्टर इन्टरनेशनल फर्टिलिटी सेन्टरको प्राविधिक सहकार्यमा अत्याधुनिक प्रविधि र बिशेषज्ञ सहितको ग्राण्डी आई भि एफ सेन्टर बिहीबारबाट सुरू गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्र राज पाण्डेले जानकारी दिए ।

grandy-international--hospital-कार्यक्रममा बरिष्ठ स्त्री तथा प्रसुति बिशेषज्ञ डा. भोला रिजालले ग्राण्डी आइ भि एफ सेन्टरको संचालनले नेपालमा आइ भि एफ सेवाको गुणस्तर र परिणामलाई सुधार्न सहयोग पुग्ने जिकीर गरे ।

सुबिधा सम्पन्न यस केन्द्रको संचालनले नेपाल सँगै भारत-पाकिस्तान उप क्षेत्रका निःसन्तान दम्पतीहरलाई पनि टेवा पुग्ने उनको भनाई थियो ।

ग्राण्डी आइ  भि एफ सेन्टरकका लागि इन्टरनेशनल फर्टिलिटी सेन्टरकी आइभिएफ बिशेषज्ञ डा. रिता बक्सीले नेपालका निःसन्तान दम्पतिकालागि यो सेन्टर अत्यन्त उपयोगी हुने र भारतमा गएर आइ भि एफ सेवा लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले उचित शुल्कमा भारत वा अन्य कुनै देशमा उपलव्ध सेवा ग्राण्डी अस्पतालले उपलब्ध गराएको दाबी गरे ।

इन्टरनेशनल फर्टिलिटी सेन्टरको टिमको नेतृत्व डा. रिता बक्सीले गरेका छन् भने डा. सार्थक बक्सी पनि टिममा सहभागि छन् । ग्राण्डी आइ  भि एफ सेन्टरमा ग्राण्डी अस्पतालका स्त्री तथा प्रसुति रोग बिशेषज्ञ तथा स्त्री तथा प्रसुति बिभागका अध्यक्ष डा. पदम राज पन्तसँगै डा. समिरा सफी, डा. आभा शाक्य सँगै र डा. बन्दना श्रेष्ठ लगायतका बिशेषज्ञहरुले सेवा दिने छन् ।

ग्राण्डी आइ  भि एफ सेन्टरमा नेपाल हालसम्मकै नबिनतम् प्रबिधिको भ्रुइलाई सुरक्षित राख्न सकिने प्रयोगशाला रहेको स्त्री तथा प्रसुति बिभागका अध्यक्ष डा. पदम राज पन्तले जानकारी दिए ।

सम्बन्धित खबरहरु