काठमाडौं । मानिस जन्मिए पछि ढिलो चाँडो मर्नैपर्छ, यो नै प्रकृतिकको नियम हो ।

मरण पक्का भए पनि को कहिले मर्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन् । नेपालको बर्दिया जिल्लामा १०० वर्ष पार गरेका वृद्ध फेला परेका छन् । त्यहाँको बढैयाताल गाउँपालिका–४ को खैरेनीमा बस्दै आएका चालबहादुर सार्की ११५ वर्षको उमेरमा पनि २ वटा लठ्ठी टेकेर हिँडडुल गर्न सक्छन् ।

११५ वर्षको उमेरमा पनि अझै फुर्तिलो देखिने चालबहादुरको दैनिकी सहज छैन् । शरीर फुर्तिलो देखिए पनि उभिएर हिड्न सक्ने अवस्था छैन् । लामो समय बसिरहँदा पनि अनेक समस्या आउने गरेको उनले सुनाए । उनले आँखा कहिले प्रष्ट त कहिले अध्यारो देख्छन् ।

उनले लठ्ठीको सहारामा हिड् सक्छन् । लठ्ठीबिना कतै हिड्न सक्ने अवस्था छैन् । उनका अनुसार पहिले र अहिलेको समयमा धेरै फरक आएको छ । अहिले जन्मेका मान्छेहरु आफ्नो उमेरसम्म नबाँच्ने कुरा पनि उनले बताए ।

११५ वर्षको उमेरसम्म आउँदा अहिले जिवित आफ्ना दाजुभाई, साथीहरु कोही पनि छैनन् । आफूले नेपालगञ्जबाट नुन बोकेर सल्यानमा खाने गरेको स्मरण गर्दै अहिलेको पुस्ताले त्यो गर्न नसक्ने तर्क उनले गरे ।

आफुले पाँच गाउँको चौकीदार काम गरेर जिविको पार्जन गर्दै आएको कुरा उनलाई अझैं स्मरण हुन्छ । चालबहादुरका बुवाले जहाँ गए पनि श्रीमती बनाउने हुँदा उनले ९ वटा थिइन् ।जेठी श्रीमतीबाट बच्चा नभए पछि चालबहादुरले दोस्रो विवाह गरेका हुन् ।

 

सम्बन्धित खबरहरु