काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले दुनियाँमा नयाँ रेर्कड बनाएको छ ।

विद्यार्थी संख्याको आधारमा ठूला विश्वविद्यालयहरूको सूचीमा त्रिवि पहिलो स्थानमा पर्न सफल भएको हो । टाइम्स हायर एजुकेशनले जारी गरेको सूची अनुसार नेपालको त्रिभुवन विश्वविद्यालय चार लाख ६० हजार ६३२ विद्यार्थीका साथ पहिलो नम्बरमा पर्न सफल भएको छ ।

दोस्रो स्थानमा इरानको पायमे नूर परेको छ, जहाँ ४ लाख ५४ हजार १५५ विद्यार्थी छन् । इजिप्टको अल–अजहर ४ लाख २५ हजार ९७७ विद्यार्थीका साथ तेस्रो नम्बरमा पर्न सफल भएको छ ।

दक्षिण अफ्रिका विश्वविद्यालय दुई लाख ३६ हजार २८२ विद्यार्थीका साथ चौथो स्थानमा रहँदा इजिप्टको कायरो विश्वविद्यालय दुई लाख २४ हजार २१६ विद्यार्थीसँगै पाँचौ स्थानमा पर्न सफल भयो ।

बङलादेशको ढाका विश्वविद्यालय दुई लाख ११ हजार ४२४ विद्यार्थीका साथ छैटो स्थानमा छ भने इजिप्टकैं अलेक्जान्ड्रिया विश्वविद्यालय दुई लाख दुई हजार २०६ जनाका साथ सातौं मा परेको छ ।

मेक्सिको राष्ट्रिय स्वायत्त विश्वविद्यालय एक लाख ६७ हजार ८३ विद्यार्थीसँगै आठौं स्थानमा परेको छ । टाइम्स हायर एजुकेशन, पहिले द टाइम्स हायर एजुकेशन सप्लिमेन्ट, उच्च शिक्षासँग सम्बन्धित समाचार र मुद्दाहरूमा विशेष रूपमा रिपोर्ट गर्ने बेलायती पत्रिका हो ।

यसले दुनियाँ भरका विश्वविद्यालयलाई वर्गीकरण गर्दै आएको छ । रोचक कुरा यस सूचीमा चीन, भारत, अमेरिकाजस्ता देशका कुनै पनि विश्वविद्यालय परेका छैनन् ।

https://twitter.com/theworldindex/status/1587336247462223872

 

सम्बन्धित खबरहरु