अर्थजंग शाही, धनगढी । चितवनको चुम्लिङटारस्थित सांग्रिला होटलमा खानामा किरा भेटिएको छ।

मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो, काठमाडौंबाट धनगढीका लागि हिँडेका यात्रु अनुप देउवाले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोक हद थियो ।’

राति ११ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए। अहिले पनि यतिबेला अधिकांश काठमाडौं बाट सुदूरपश्चिम छुटेका गाडीहरु त्यही होटल सांग्रिलामा खाना खुवाउने गरेको यात्रुहरु बताउँछन्।

राजमार्गका होटलले चरम लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ खाना खान बाध्य भएका हुन्। राजधानी भित्रिँदा र बाहिरिँदा लामो यात्रा गर्नेहरू सबैभन्दा ठूलो समस्यामा पर्ने गरेका छन्।

तराईलाई राजधानी काठमाडौं जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ आसपासका होटलले दूषित र फोहोर खाना खुवाउने गरेको पाइएको छ।

भोकाएको बेला सुरूमा त सरासर खाएँ’, देउवाले भने, ‘थप खाना माग्दा किरै देखियो।’ यस्ता होटलले यात्रुको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रशासनले कारबाही गर्नुपर्ने उनले बताए।

बाटोको बासी खानाले घर पुग्दा बिरामी हुनुपरेको अनुभव अर्का यात्रु बझाङका सुशील बिष्टले पनि सुनाए। ‘स्वस्थ्य अवस्थामा बस चढेको मान्छे घर पुग्दा बिरामी पर्छ’, बिष्टले भने। नाफा मात्रै कमाउने नाममा यात्रुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको उनको आक्रोश छ।

यात्रुलाई खाना खुवाएबापत बस चालकलाई भत्ता दिने काम बन्द नगरिएसम्म यात्रु सधैं बासी खाना खान बाध्य हुने धनगढीका लेसन सिंहले बताए। ‘हेर्दा ताजा देखिए पनि बासी खाना मिसाएर खुवाउने हुँदा विश्वासै गर्न सकिन्न’, सिंहले भने।

ृचालकलाई होटलद्वारा कमिसने

मुख्य राजमार्ग क्षेत्रका होटलमा बस रोकेबापत चालकसहितको समूहलाई होटल सञ्चालकले कमिसन दिने गरेका छन्। होटलमा धेरै ग्राहक तान्न उनीहरूले प्रतिबस एक हजारदेखि पच्चीस सय रूपैयाँसम्म कमिसन दिने गरेका छन्।

‘रोकिएकै ठाउँमा खानुपर्ने बाध्यतो

बाटोमा आफूले सित्तैमा खान पाउने तथा कमिसन पाउने होटेलमा मात्र यी गाडीहरू रोकिने गर्छन् । यस्ता होटलहरूमा पुगेपश्चात् खाना खानुअघि पैसा तिर्नु अनिवार्य भइगयो । फेरी होटलहरू सार्है ‘हतार’ मा हुन्छन् । खाना सर्भ गर्ने तरिका हुँदैन, खाना राख्दा टेबलमा आवाज आइनै हाल्छ । पैसा तिरेर खाना खाँदा खाना पस्किनेदेखि खाना सर्भ गर्नसम्ममा सबैतिर हेलचक्र्याइ मात्रै देखिन्छ ।

शाहकारीहरूले त यस्तोमा ‘शाकाहारी नै आउँछ’ भनेर नसोचेकै जाति, मांसाहारी र शाकाहारीको सगोल फ्रिज देखिन्छ ।

प्रायः ती होटेलहरू यस्तो ठाउँमा अवस्थित हुन्छन्, जहाँ अर्को होटेलको कुनै विकल्प हुँदैन । यात्रुले बाध्य भएर त्यहाँको खाना तथा खाजा सेवन गर्नुपर्ने हुन्छ । होटल बाहिर चाउचाउ, बिस्कुट, चिया–कफी पाउने अर्कै पसल हुन्छ ।

दिउँसोको समयमा छेउमै काँक्रा, फलफूलको नाङ्ले पसल । यसबाहेक परपरसम्म होटलको नाममा कुनै चरोमुसो देखिंदैन । ‘यहाँ खादिनँ’ भनेर मध्यरातमा भोकै पर बस्देखि झरेको यात्रुले बोल्न सक्दैन । महङ्गो मूल्यमा ऊ ‘हरितन्नम खाना’ जबर्जस्ती निल्छ ।

मूल्यमा मनलाग्दीे

मूल्यको कुरा गर्ने हो भने पहिलो पटक यात्रा गरेको मान्छे तर्सिन बेर लगाउँदैन । सामान्यतया १५० रुपैयाँ पर्ने रेडबुललाई समेत ३ सय रुपैयाँ सम्म लिने गर्छन् । ७० रुपैयाँ लेखिएको कुरकुरेलाई १०० नतिरी सुखै छैन । खाना र खाजाको मूल्यको झन् कुरा गरी साध्य छैन ।

वास्तवमा नराम्रो अवस्थाका गाडी प्रयोग गर्दा, द्रुत गतिमा गाडी कुदाउँदा यात्रुहरूले समस्या झेल्ने मात्र होइन दुर्घटनामा समेत पर्नु परेको छ । यो लेख लेख्नुको उद्देश्य यस किसिमको सिण्डीकेट बारे जानकारी दिनु मात्र नभएर आवाज उठाउनु समेत रहेको छ, साथै सम्बन्धित निकायसम्म यो कुरा पुर्‍याउनु रहेको छ ।

यस बिषयमा थप कुरा बुझ्नका लागी हामीले होटल सञ्चालक अर्जुन संग फोन सम्पर्क गर्दा-उहाँले खानामा किरा परेको होईन होला,तरकारीमा बरु किरा परेको हुनसक्ने बताएका छन्।

 

सम्बन्धित खबरहरु