काठमाडौं । भन्छन्, मान्छेलाई मान्छेलाई ठगे पनि भगवानले ठग्दैन । यसबीच गोरखामा घर भइ काठमाडौंमा बस्दै आएका गोकर्ण भट्ट रातारात करोडपति बन्न सफल भएका छन् ।

२०६८ सालमा एसएलसी दिएर काठमाडौं आएका गोकर्ण ५ वर्षको संघर्षपछि उनी करोडौंको कम्पनीको मालिक भएका हुन् । ५ वर्षको यात्रा भने उनको सहज छैन् । उनले कतिपय रातहरु भोकभोकै बिताएका छन् ।

कयौं दिन काठमाडौंमा खाली खुट्टा हिडे । काम गर्दा पनि आफ्नै साथीले धोका दिने त कहिले मालिकले तलब नदिने समस्या हुन्थ्यो ।

अनेक पीडा भोगेका गोकर्ण आफू सफल हुन श्रीमतीको ठूलो योगदा रहेका बताउँछन् । धादिङकी राधिका अर्यालसँग विवाह गरेका गोकर्णले आफू सफल हुनुमा आफ्नो भन्दा पनि राधिकाको हात धेरै रहेको बताए ।

विवाहपछि राधिकाले अरुको कम्पनीको जागिरबाट छुट्याएर आफूले लगाएका सुनका गहना बेचेर एउटा सानो सोफा व्यवसाय सुरु गर्न लगाइन् । जुन व्यवसाय अहिले करोडको पुगेको हो ।

साथै उनले ३० जना भन्दा बढीलाई रोजगारी समेत दिएका छन् । गोकर्णका अनुसार ५ वर्ष अरुकोमा काम गर्दा खान बस्न ठिक्क हुने गर्दथ्यो ।

तर विगत ५ वर्ष यता आफूले करिब २ देखि ३ करोड कमाएको उनको भनाइ छ । उनका अनुसार नेपालमै बसेर कमाउँदा र धेरैलाई रोजगारी दिँदा आफूहरुलाई निकै खुसी लागेको छ ।

 

सम्बन्धित खबरहरु