काठमाडौं । कतारको हिरासतमा रहेका आठ पूर्व भारतीय नौसेनाको अवस्था अझै रहस्यमै छ ।

त्यसको समाधानबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन । यस विषयमा भारतीय दूतावास स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छ ।

भूतपूर्व सैनिकलाई हिरासतमा लिनुको कारण भने अहिले सार्वजनिक गरिएको छैन न त भारतलाई औपचारिक रुपमा यसबारे जानकारी दिइएको छ । उनीहरु ७० दिनदेखि हिरासतमा छन् ।

यस विषयमा जानकार व्यक्तिहरूले समाचार एजेन्सी पीटीआईलाई दोहास्थित भारतीय दूतावासले हिरासतमा रहेका भारतीयहरूलाई फेरि भेट्न स्थानीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताए ।

पीटीआईका अनुसार भारतीय अधिकारीहरूलाई दुई पटक कन्सुलर (भेटघाट) गर्न दिइएको छ, अर्थात् उनीहरूले दुई पटक पूर्व मरीन अधिकारीहरुसँग भेट गरेका छन् । जानकारी अनुसार यी आठजना पूर्व सैनिक एक निजी कम्पनी दहरा ग्लोबल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी सर्भिसमा कार्यरत थिए ।

उनीहरुले कुनै कुनै अवसरमा मात्र्र आफ्नो परिवारसँग कुरा गर्न पाउँछन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन्, ‘कतारमा एक निजी कम्पनीमा काम गरिरहेका आठ भारतीय नागरिकलाई हिरासतमा लिएको हामीलाई थाहा छ । कतारस्थित हाम्रो दूतावास त्यहाँको प्रशासनसँग सम्पर्कमा छ ।’

उनका अनुसार दूतावासका अधिकारीहरूले हिरासतमा रहेका भारतीयहरूलाई भेट्ने मौका पाए र उनीहरूको स्वास्थ्यबारे पनि सोधेका छन् । उनीहरुमाथि इजरायलका लागि जासुसी गरेको आरोप लगाइएको छ ।

 

सम्बन्धित खबरहरु