Caution: When opening the bottle to drink, a snake came out, what did the moneylender say in response?

काठमाडौं । लोकल (स्थानीय) रक्सीको बोतलमा के पाइन्छ ? रक्सी, कच्चा रक्सी, खराब रक्सी हुनुपर्छ । तर भारत, छत्तीसगढमा एक व्यक्तिले लोकल रक्सीको बोतलमा सर्प फेला पारेका छन् ।

तर सर्प मरेको थियो । त्यो घटनाको भिडियो पनि निकै भाइरल बनेको छ । त्यसपछि ग्राहकले मदिरा पसलमा गुनासो गरेका हुन् ।

दैनिक भास्करमा प्रकाशित समाचार अनुसार घटना जंजगीर(चम्पा जिल्लाको पामगढको हो । त्यो सर्प क्रेट जातको थियो, जुन निकै विषालु हुन्छ । वीरेन्द्र दास नामका व्यक्ति आफ्ना साथीसँग मदिरा किन्न पुगेका थिए ।

उनीह रक्सी किनेर पिउन बसे । बोतल खोल्ने बित्तिकै उसले भित्र केहि तैरिरहेको थियो । उनले भने, ‘मैले नजिकबाट हेरेँ, बोतलमा मरेको सर्प देखेँ । तुरुन्तै बोतलको ढक्कन बन्द गरेँ । त्यसपछि आफ्नो साथीलाई पनि बोतल देखाए । साथी पनि डराए ।’

त्यसपछि बोतल वरपरका मानिसहरूलाई देखाइयो । पसलमा मान्छे जम्मा भए । पसलेलाई दुव्र्यवहार गर्न थाले । सिल गरिएको कार्टुनमा मदिरा प्याक भएर आउने गरेको पसलेले दिए । यो रक्सी जंजगीरको गोदामबाट आएको बताइएको छ । बोतल १४ अक्टोबर, २०२० मा बन्द गरिएको थियो ।

बोतल भित्र सर्प कसरी पस्यो र बन्द गर्दा किन कसैले देख्न सकेन् भन्नेबारे आफूलाई केही थाहा नभएको पसलेले जवाफ फर्काए । तर, पसलले बोतल फिर्ता सलन मानेनन् । मदिरा किन्ने मानिसहरु बताउँछन् कि बन्द बोतलबाट पनि यसरी सर्प वा अन्य कीरा निस्किएमा ज्यान जोखिममा पर्न सक्छ ।

यसको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अहिलेसम्म यस विषयमा कुनै उजुरी परेको छैन, तर अन्त:शुल्क विभागका अधिकृत दिनकर वासनिकले यो विषय आफ्नो जानकारीमा रहेको बताए ।

अनुसन्धानका लागि सोनसरी गाउँमा टोली पठाइएको छ । छानबिन प्रतिवेदन आएपछि थप कारबाही गरिने छ ।

सम्बन्धित खबरहरु