काठमाडौं, २० माघ । एमाओवादीसहित विपक्षी मोर्चाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नियम र परम्परा मिचेर एकलौटी बैठक बोलाएको आरोप लगाउँदै त्यसमा सहभागी हुनुको अर्थ नभएको बताएका छन् । उसले फागुन १६ सम्म आन्दोलन तय गरिसकेको उल्लेख गर्दै संविधानसभामा सुरु भएको प्रक्रिया नरोकेसम्म नर्फकने जनाएको छ ।

‘सभाध्यक्षले नियम, परम्परा मिचेर बोलाएको बैठकमा सहभागी हुनुको कुनै अर्थ हुँदैन,’ एमाओवादी वरिष्ठ नेता एवं संवाद समितिका सभापति बाबुराम भट्टराईले भने, ‘हामी फागुन १६ गतेसम्म जनतामाझ जान्छौं, जनताको राय सुझावअनुसार अघि बढ्छौं ।’Dal

उनले सत्तापक्षले संविधानसभा अपहरण गरेको आरोप लगाए । ‘सभाध्यक्षले संविधानसभाको प्राण लिइसकेका छन्, विपक्षी बिनाको बैठक बोलाएर नाटक गर्नुको अर्थ छैन,’ उनले भने, ‘हामी जनताको बलिदानबाट प्राप्त उपलब्धिका लागि आन्दोलनमा गएका हौं । जनताको अधिकार अपहरण गर्न दिँदैनौं ।’

सम्बन्धित खबरहरु