काठमाडौं । इलाम–२ ९२० मा नेकपा एमालेका उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।

उहाँले वाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा ९एकीकृत माओवादी केन्द्र०का उम्मेदवार हर्क लावती कान्छालाई दुई हजार पाँच सय ७८ मतान्तरसहित विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मगरले १३ हजार सात सय ५४ मत प्राप्त गर्दा हर्क लावती कान्छाले ११ हजार एक सय ७६ मत प्राप्त गर्नुभएको छ ।

खोटाङबाट प्रतिनिधिसभा सदस्यमा राई विजयी
प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ ।

उहाँले नेकपा (एमाले)का विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतान्तरले पछाडि पार्नुभएको थियो । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनमा ६७ हजार तीन सय ७३ मत खसेकामा गठबन्धनका साझा उम्मेदवार पासाङले ३१ हजार तीन सय ५१ मत प्राप्त गरेर विजयी हुँदा एमालेका भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ । रासस

 

 

सम्बन्धित खबरहरु