काठमाडौं । कम उमेरकी महिला नोकरसँग यौनसम्पर्क गर्दै गर्दा हृदयघात भएपछि एक वृद्धको मृत्यु भएको छ । 67 year old man dies by heart attack while having sex with his maid in bengaluru :

भारत, कर्नाटकको राजधानी बेंगलुरुमा एक ६७ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रहरी मुद्दाका कारण महिलाले शवलाई प्लाष्टिक र ओछ्यानमा बेरेर सडक किनारमा फालिदिइन् ।

१६ नोभेम्बरमा, जेपी नगरको पुट्टनहल्लीका ६७ वर्षीय बाला सुब्रमण्यम आफ्नो नातिलाई ब्याडमिन्टन कक्षा छोड्न घरबाट निस्किएका थिए । साँझ ५:१० बजे बालाले बुहारीलाई फोन गरेर केही काम परेकोले घर फर्किन ढिलो हुने बताए । तर उनी उनी साँझ घर फर्किएनन् । छोरा–बुहारीले सम्पर्क गर्न प्रयास गरे, उनको मोबाइल नम्बर स्वीच अफ थियो ।

राति अबेरसम्म उनीहरु घरमै पर्खिएर बसेका थिए । अन्तत: छोराले सुब्रमण्य नगर प्रहरी चौकीमा गएर आफ्नो वृद्ध बुबा हराएको भन्दै निवेदन दर्ता गराए । उजुरी दर्ता भएको पछिल्लो दिन (१७ नोभेम्बर) मा जेपी नगर ६ फेज नजिकै प्रहरीले एक शव फेला पार्यो ।

शव शंकास्पद अवस्थामा प्लाष्टिक कभर र बेडसिटमा बेरिएको थियो । अनुसन्धानमा शव बेपत्ता बाला सुब्रमण्यमको नै भएको खुल्यो । परिवारलाई पनि घटनास्थलमा बोलाएर मृतकको सनाखत गरियो । त्यसपछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको थियो ।

पोस्टमार्टम रिपोर्टमा वृद्धको मृत्यु हृदयघातका कारण भएको खुल्यो । घटनाको अनुसन्धान चलिरहँदा एक डरलाग्दो खुलासा भयो । मृतक बालाकी ३५ वर्षीया नोकरले सोधपुछका क्रममा आफूसँग यौनसम्पर्क गर्दा हृदयघात भएर मृत्यु भएको प्रहरीसमक्ष स्वीकार गरिन् ।

उनले प्रहरीले आफूमाथि ज्यान मार्ने उद्योगमा उजुरी गर्न सक्छ भन्ने डरले शव बेरेर सडकमा फालिदिइन् । शव प्याकिङ र फाल्ने कुरामा उनलाई श्रीमान् र भाइले सहयोग गरेका थिए ।

बाला सुब्रमण्यमको ती नोकरानीसँग लामो समयदेखि अवैध सम्बन्ध रहेको खुलेको छ । घरमा कोही नहुँदा सुब्रमण्यम उनको घरमा आउने गर्थे । मृतक बालाको गत वर्ष मात्रै एन्जियोप्लास्टीको शल्यक्रिया भएको थियो ।

 

सम्बन्धित खबरहरु