नितेश पटेल, सर्लाही। सर्लाही जिल्लाको निर्वाचन क्षेत्र – २ प्रतिनिधि सभामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार पूर्व कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादब २३५२९ मत प्राप्त गरी फराकिलो मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई २०११ मतान्तरले पराजित गर्नुभएको हो । पराजित राजेन्द्र महतोले २१५१८ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै सर्लाही जिल्लाकै निर्वाचन क्षेत्र – २ (क) प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार जंगीलाल राय ८२९० मत प्राप्त गरी फराकिलो मतान्तरले विजयी हुनुभयो ।

उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार सुनिल कुमार साह लाई १०७६ मतान्तरले पराजित गर्नुभयो । पराजित साहले ७२१४ मत ल्याउनुभएको निर्वाचन अधिकृत कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित खबरहरु