काठमाडौं । इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ । केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए ।

यो पनि, इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी हुनुभएको हो ।

गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार गणेशप्रसाद बरालले १५ हजार चार सय ४७ मत मात्र प्राप्त गर्नुभएको छ ।

यस निर्वाचन क्षेत्रमा ८ जना उम्मेदवार रहनु भएको थियो । यस क्षेत्रमा ३६ हजार नौ सय २९ मत खसेको थियो ।

सम्बन्धित खबरहरु