काठमाडौं । मोस्ट वान्टेड अपराधीको हत्याको बदला लिनको लागि पाकिस्तानको राजनपुर जिल्लामा एक आतङ्कवादी समूहले छवटा प्रहरी चौकीमा आक्रमण गर्ने धम्की दिएको छ ।


यस हप्ताको शुरुमा अपराधीहरूले हिंसक झडपमा प्रहरी बल विरुद्ध रकेट लन्चर, मोर्टार र अन्य हतियारहरू प्रक्षेपण गरेका थिए । हालै भएको भिडन्तमा पाकिस्तानको डेरा गाजी खानका क्षेत्रीय प्रहरी अधिकारी (आरपीओ) खुर्रम अली शाहका अनुसार पाकिस्तानका कुख्यात गिरोहका प्रमुख खुदा बुख्श लाउन्डलाई गोली हानाहानमा मारिएको थियो।

झडपमा पाँच प्रहरी सहित कम्तीमा १२ जना घाइते भएका थिए । सो झडपमा हतियारधारी आतङ्ककारीहरूले थुप्रै बुलेट प्रुफ गाडीहरू छोडेर भागेका थिए।

यसबाहेक पञ्जाब प्रहरीले बलूच आतङ्कवादी समूहले दिएको कडा धम्कीको जवाफमा प्रहरी प्रतिकारका लागि तम्तयार रहेको बताइएको छ ।

सदरमुकाम मान्ममा खानेपानी अभाव
कालीकोटको सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् ।

खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी वितरणमा एकरुपता नभएपछि खानेपानीको अभाव भएको स्थानीय धनबहादुर बटालाले बताउनुभयो । उहाँले जनप्रतिनिधिहरूले नागरिकको समस्यामा ध्यान नपु¥याएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

“खानेपानीमा पनि पहुँचवालाको हालिमुहाली छ, सर्वसाधारणका धारामा पानी आउँदैन तर पहुँचवालाका धारामा भने चौबिसै घण्टा पानी आइरहेको हुन्छ”, बटालाले भन्नुभयो, “अहिलेसम्म सदरमुकाममा खानेपानीको अभाव हुँदा कसैको ध्यान गएको छैन ।”

अहिले खाँडाचक्र नगरपालिका–१ स्थित बजारमा पिउने पानी अभाव भएको समयमा पहुँचवालाले खानेपानीको ट्याङ्कीबाट सिधै पाइप जडान गरेर घरघरमा लगेका छन् । सर्वसाधारणको धारामा हप्तौँसम्म पनि पानी आएको छैन ।

खानेपानीले सबै उपभोक्तालाई एकैनासको धारा दिनुपर्नेमा माग गर्दै स्थानीयले विरोध जनाएका छन् । खानेपानी कार्यालयले ट्याङ्कीबाटै सिधै लाइन तानेर पहुँचवालाको घरघरमा धारा पु¥याएको स्थानीयले आरोप छ ।

“घरमा पानी आउन छाड्यो, धारा नजिक छैन, १ घण्टा हिँडेर पानी ल्याउन जानुपर्छ । त्यहाँ पनि भीड उत्तिकै हुन्छ, पालो नकुरी पानी पाइँदैन”, खाडाचक्र नगरपालिकामा होटल व्यवसाय गर्दै आउनुभएका चक्रबहादुर बमले गुनासो गर्नुभयो । रासस

 

 

सम्बन्धित खबरहरु