काठमाडौं । अवैध संरचना हटाउन गएका नगर प्रहरी प्रमुख घाइते हुनु भएको छ । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउ खोज्दा प्रहरी र स्थानीयबीच झडप भएपछि काठमाडौं नगर प्रहरी प्रमुख घाइते हुनु भएको हो । सुकुम्बासी बस्तीभित्र प्रहरी छिर्न खोज्दा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान भएको थियो ।

सोही क्रममा प्रहरी उपरीक्ष राजु पाण्डे घाइते भएको महानगरले जानकारी दियो । महानगरका अनुसार झडप हुँदा पाण्ड‍े सामान्य घाइते हुनु भएको छ । उहाँको टाउकोमा सामान्य चोट लागेको छ । जानकारी अनुसार झडपमा अन्य १४ जना पनि सामान्य घाइते भएका छन् ।

अहिले घटनास्थलमा २५० भन्दा बढी नगर प्रहरी परिचालन गरिएको छ । साथै, सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि परिचालन गरिएको महानगरले जानकारी गरायो । प्रहरीहरू बस्तीभित्र छिर्न खोजेपछि सुकुम्बासीहरूले टायर बालेर विरोध प्रदर्शन गर्दैछन् ।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको थियो । यसअघि एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

सम्बन्धित खबरहरु