काठमाडौं । यौन क्षमता बढाउने भियाग्रा ( viagra ) वा यस्तै अन्य औषधिबाट पुरुषलाई कुनै खास फाइदा नहुने देखिएको छ ।

यस्ता औषधिबाट आफ्नो यौन साथीसँगको सम्बन्धमा कुनै परिवर्तन आउँदैन् । यो कुरा एक अनुसन्धानबाट बाहिर आएको हो । भियाग्राबाट पुरुषको जीवनमा आएको परिवर्तन जान्न वैज्ञानिकहरूले ४० वटा क्लिनिकल परीक्षण गरेका थिए ।

अनुसन्धानमा संलग्न व्यक्तिहरूले भियाग्रा लिनुअघि आफ्नो साथीसँगको सम्बन्ध राम्रो भए पनि यौन सन्तुष्टि नपुगेको बताएका थिए । तीमध्ये अधिकांश पुरुष डिप्रेसनको सिकार थिए ।

तर परीक्षणको अन्त्यमा, अन्वेषकहरूले पत्ता लगाए कि भियाग्रा लिँदा पनि सहभागीहरूको यौन जीवन र उनीहरूको साथीसँगको सम्बन्धमा कुनै परिवर्तन आएन् । विज्ञका अनुसार औषधिले शारीरिक समस्या हट्छ तर मनोवैज्ञानिक अवरोध भने कायमै रहन्छ ।

युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका डा. एन्ड्रयु क्रेमर भन्छन्, ‘खुशी धेरै जटिल छ । धेरैजसो जोडीलाई यौन थेरापी चाहिन्छ ।’

अनुसन्धानमा शारीरिक कमजोरी वा नपुंसकताको नकरात्मक प्रभावले पुरुषलाई यौन सम्पर्क गर्न नसक्नेभन्दा भावनात्मक र मनोवैज्ञानिक रूपमा बढी सताउने गरेको देखायो । यस्तो अवस्थामा शारीरिक र मनोवैज्ञानिक पक्षलाई छुने उपचार पुरुषका लागि उपयुक्त हुन्छ ।

यद्यपि ६० वर्षको उमेरमा करिब ६५ प्रतिशत पुरुष नपुंसकताको सिकार हुन्छन् । अर्कोतिर ४० वर्षको उमेरमा ४० प्रतिशत पुरुषहरूले यो समस्याको सामना गनुृपर्छ ।

स्पायर लिभरपुल अस्पतालका यौन स्वास्थ्य विशेषज्ञ डा. अरुण घोष भन्छन्, ‘धेरैजसो पुरुष ४० वर्षको हुँदा र पेटको वरिपरि बोसो भएका कारण टेस्टोस्टेरोनको स्तर घट्न थालेपछि टेस्टोस्टेरोन डिफिसेन्सी सिन्ड्रोमको सिकार हुन थाल्छन् । फलस्वरूप, यौन इच्छा समाप्त हुन थाल्छ ।

जब तपाईं ४० वर्ष पुग्नुहुन्छ तब यस्ता लक्षणहरू देखिन थाल्छन् । त्यस्तो समयमा रगत परीक्षण गराउनु राम्रो हुन्छ ।’ डा. घोषका अनुसार यौनचाहना कम हुनुमा मनोवैज्ञानिक कारण पनि हुन्छ ।

उनले भने, ‘यदि तपाईंले एकपटक यस्तो समस्या भोग्नु भएको छ भने फेरि नहोस् भनेर सधैं चिन्तित हुनुहुन्छ । त्यसैले पुरुषहरूलाई पनि मनोवैज्ञानिक रूपमा उपचार गर्न आवश्यक छ । उनीहरूलाई पनि यौन परामर्श वा थेरापी दिइन्छ ।’

 

सम्बन्धित खबरहरु