काठमाडौं । पछिल्लो समय अभिनेता प्रदिप खड्काको निकै चर्चा हुने गरेको छ ।

‘प्रेम गीत ३’ फिल्लमा काम गरे पश्चात उनको समबन्ध मुम्बईसँग जोडिएको हो । मुम्बईमा बसेर करिब २ वर्ष लगाएर फिल्मलाई हिन्दीमा डब गर्दै गर्दा प्रदिप बलिउडका कलाकारहरुसँग नजिएका हुन ।

उक्त समय पछि मुम्बईसँगको समबन्ध सामाजिक सञ्जालहरुमा देखिने तस्बिरहरुबाट पनि पुष्टि हुने गर्दछ ।

केही समय अगाडि खड्का बलिउड फिल्मकी नायीका सोनाक्षी सिन्हासँग देखिएका थिए । एक फिल्मको प्रिमियरमा सिन्हा र खड्काले कुरा गरेको भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भएका थिए ।

उनी सिन्हासँगको भेट पछि नेपाल आएका थिए । नेपालमा केही दिनको बसाई पश्चात पुनः मुम्बई पुगेका खड्का बलिउडका चर्चित नायक नाना पाटेकरसँग देखिएका छन् ।

‘प्रेम गीत ३’ का निर्माता सन्तोस सेनले आफनो आधिकारीक फेसबुकबाट पाटेकरसँग कुराकानी गरेको केही तस्बिर सार्वजनीक गरेका थिए । उक्त तस्बिरमा पाटेकरसँग कुराकानी गरेको देख्न सकिन्छ । सेनले केही फोटासँगै स्टाटस पनि लेखेका छन् । उनी लेख्छन् : कला, सृजना कहिले पनि भुगोल , भाष, धर्म, जिवको पर्खाल हुदैन ।

पाटेकर बलिउड फिल्मका सफल कलाकार हुन । उनीसँगको भेट हुर्दै गर्दा खड्काले बलिउड फिल्ममा काम गर्ने लागेको चर्चा भइरहेको छ । यस विषयलाई लिइर खड्काले कुनै प्रतिकृया भने दिएका छैन्न ।

 

सम्बन्धित खबरहरु