काठमाडौं । नेपाली सांगीतिक क्षेत्रकी चर्चित लोक दोहोरी गायिका कल्पना दाहाल ( Kalpana Dahal ) विवाह बन्धनमा बाधिएकी छन् ।

उनको हाल अमेरिकामा बस्दै आएका पुण्य प्रसाद आचार्यसँग विवाह भएको छ ।

गत जेठमा दाहालले र आर्चायले इङ्गेजमेण्ट गरि अदालतमा कानूनी विवाह गरेका थिए । उनीहरुले गत शनिबारका दिन परम्परागत रिती अनुसार विवाह गरेका हुन । इमाडोल स्थित इन्द्रेणी पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा चलचित्र तथा गायन क्षेत्रका धेरै कलाकारहरु सहभागी भएका थिए ।

लामो समय सम्म संगीतमा सक्रिय रहेकी दाहाल इन्द्रणीमा दोहोरी गाएपछि चर्चामा आएकी हुन । उनले चर्चित वक्ता रमेश प्रसाईसँग गाएको दोहोरीलाई धेरै दर्शकहरुले मन पराएका थिए । उनीहरुको दोहोरीले चर्चा पाएपछि धेरै दर्शकले यी २ लाई जोडि समेत बनाइ दिएका थिए ।

सम्बन्धित खबरहरु