काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।

कांग्रेस सभापति समेत रहनु भएका देउवाले चुनाव जितेर काठमाडौं फर्किनु भएका कोइरालासँग मंगलबार बिहान भेट गर्नुभएको हो । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट भएको हो ।

भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गर्नुभयो । चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको जनाइएको छ ।

भेटमा सभापति देउवाले नेता कोइरालासँग पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गर्नुभयो । भेटमा देउवाले कोइरालालाई ‘तपाईं के गर्नुहुन्छ ? संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला’ भन्नु भएको हो ।

कोइरालाले त्यसबारे सल्लाह गरौँला भनेर जवाफ फर्काउनुभयो । यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताउँदै आउनु भएको थियो ।

सम्बन्धित खबरहरु