२० माघ, दाङ । बसको ठक्करबाट गएराति दाङको देउखुरीमा एक पैदल यात्रुको मृत्यु भएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्गअन्र्तगत भालुबाङ लमही सडकखण्डअन्तर्गत पर्ने सिसहनिया-५ स्थित सिसहनिया बजार छेउको राजमार्गमा बसले ठक्कर दिँदा भारत उत्तर प्रदेश बलरामपुर घर भई देउखुरीमा कबाडका सामग्री सङ्कलन गर्दै आएका ६० वर्षीय भिखु गड्डीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

बुटवलबाट तुल्सीपुरतर्फ जाँदै गरेको ना४ख ५१४३ नम्बरको बसले सोमबार राति उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने बसलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबरहरु