AFGHANISTAN

२० माघ, काठमाडौं । १४ वर्षअघि अफगानिस्तानको राष्ट्रिय क्रिकेट टीम स्थापना गर्दा क्रिकेटको सबैभन्दा ठूलो मञ्च निकै टाढाको आशाको रुपमा थियो ।

जब देश तालिबानको शासनबाट मुक्त भयो, त्यस बेलाबाट अफगानहरुले खेल्न थाले । अफगान क्रिकेट बोर्ड सन् १९९५ मा स्थापना भएको थियो । त्यसबेला अफगान क्रिकेटर र फ्यानहरुका लागि विश्वकप निकै टाढा लाग्थ्यो ।

तर, निकै छिटो सम्भव भयो । अफगानिस्तानले क्रिकेटमा निकै तिब्र गतिमा फड्को मार्‍यो ।

अफगानिस्तानले २००८ मा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ५ बाट यात्रा सुरु गरेको थियो । तर, यति छिटो फड्का मार्‍यो कि अक्टोबर २०१३ मा केन्यालाई हराउँदै आईसीसी वर्ल्ड लिग च्याम्पियनसिपको दोस्रो भयो ।

यो जितले अफगानिस्तानले २०१५ को वेन डे क्रिकेट विश्वकपमा स्थान बनायो ।

मोहम्मद नाबीको कप्तानीमा रहेको अफगानिस्तानले विश्वकपको पहिलो खेलमा फेब्रअरी १८ मा बंगलादेशविरुद्ध खेल्नेछ ।

क्रिकेटमा पाएको सफलताले सिंगो देशको ध्यान तानेको छ । एसोशिएट टीमले जितका साथ विश्वकप सुरु गर्छ कि गर्दैन भन्ने उत्सुकता पनि छ ।

यदि अफगान टीम सफल भए घर फर्कँदा खेलाडीहरुको विशाल स्वागत हुनेमा दुई मत छैन । ‘मलाई लाग्छ खेलाडीहरु निकै दबाव छ किनकी उनीहरुबाट धेरै आश गरिएको छ’ प्रशिक्षक एन्डी मोल्सले भने-‘तर, देशले उनीहरुलाई क्रिकेटको ठूलो मञ्च देख्न चाहेको छ ।’

क्रिकेटले देशबासीलाई आफ्ना क्रिकेटरहरुमाथि गर्व गर्ने अवसर दिएको छ । खेलाडीहरु पनि खुसी छन्, किनकी उनीहरुको पछाडि सिंगो देश छ ।

प्रशिक्षक मोल्सले भने-‘यदि उनीहरुले केही राम्रो नजिता निकाले भने घर फर्कँन्दा उनीहरुले काबुलमा स्वतन्तता पाउनेछन् । सन्देहको कुनै छाया हुनेछ छैन । घरमा उनीहरुको ठूलो स्वागत हुनेछ ।’

धेरै अफगानहरु क्रिकेटसँग परिचित भइसकेका छन् र निकै माया गर्न थालेका छन्, जो तालिबानका कारण पाकिस्तानको शरणार्थी क्याममा बसेकै किन    नहोस् ।

अफगान कप्तान नाबीको कथा पनि त्यो भन्दा फरक छैन । उनी आफैं पेशावरको शरणार्थी शिवरमा जन्मिएका हुन् । उनले १० वर्षको उमेरमा ब्याट समाएका    थिए ।

पाकिस्तानी पूर्व क्रिकेटर अरशद खानको एकेडेमीमा पुग्नुअघि उनले अनगिन्ती घन्टाहरु अभ्यास गरेका छन् ।

अफस्पिनर अलराउण्डर नाबीले एमसीसीको टीमविरुद्ध शतक हानेपछि इंग्ल्याण्डका पूर्व क्रिकेटर माइक ग्याटिङको ध्यान आफूतिर तान्न सफल भए । त्यसपछि नै उनको क्रिकेट करियरले गति लियो ।

नाबी २०१० मा अफगान टीमको कप्तान बने । उनले विश्वकपका लागि सबै तयार रहेको बताए ।

विश्वकपका लागि छनोट हुँदा नै अफगानहरुले ठूलो खुसी मनाएका थिए । ‘विमानस्थलमा भब्य स्वागत भयो । सांसद र मन्त्रीहरु नै आएका थिए’-नाबीले भने ।

तर, प्रतियोगितामा सहभागिताले मात्र अफगान प्रशिक्षक र खेलाडी सन्तुष्ट हुने पक्षमा छैनन् । उनीहरुलाई विग डब्लू (जित) का लागि क्षमता छ भन्ने विश्वास  छ ।

उनीहरूका अनुसार अफगान टीमको अहिले जस्तो प्रर्दशन छ, त्यो सही बाटोमा   छ । अफगानले अभ्यास खेलमा हालै मात्र आइयरल्याण्ड र स्कटल्याण्डलाई हरायो । अफगान टीमले अष्ट्रेलिया र न्यूजिल्याण्ड भ्रमण गरिसकेको छ भने यूएईविरुद्ध गत वर्ष एकदिवसीय श्रृखला खेलिसकेको छ ।

आशा छ हामीले बंगलोदशविरुद्ध राम्रो खेल्छौं । प्रतियोगिताको पहिलो खेलमा हामीले जित्यौं भने सिंगो प्रतियोगितामा नै राम्रो गर्न सक्छौं’-नाबीले भने ।

उनले अफगानिस्तानको लक्ष्य सुपर एटमा पुग्नु भएको समेत बताएका छन् । आफ्नो टीममा आक्रमक बलर र ब्याट्सम्यान रहेको र अष्ट्रेलियाको अवस्था आफूहरुका लागि अनुकुल भएको बताए ।

प्रशिक्षक मोल्सले पनि अफगान टिमको अंग हुन पाएकोमा खुसी ब्यक्त गरेका छन् । ‘हामी खेल तालिका भर्न मात्र जान लागेका होइनौं’ उनले भने-‘तर, सुपर एटमा पुग्न हामीले बंगलादेश र स्कटल्याण्डका साथै अर्को एक फुल मेम्बर कन्ट्रीलाई हराउनुपर्छ ।’

अफगानको समूहमा वरियता क्रममा माथिल्लो देशहरु रहेको र उनीहरुले अफगानलाई हराउन सक्ने राम्ररी थाहा रहेको भन्दै उनले आफूहरुले पनि राम्रो चुनौती दिने र आफ्नो राम्रो दिन भए फाइदा लिन सक्ने बताए ।

अष्ट्रेलिया र न्यूजिल्याण्ड भ्रमण टीमका सदस्यहरुका लागि निकै फलदायी भएको कप्तान नाबीले बताए ।

आईसीसीको सहयोगमा 

सम्बन्धित खबरहरु