![](https://www.janaboli.com/wp-content/uploads/2022/12/israel-vacancy.jpg)
israel vacancy : काठमाडौं । इजरायलले पछिल्लो समय नेपालबाट विभिन्न क्षेत्रका लागि श्रमिक लैजाने चासो देखाउँदै आएको छ ।
यसअघि केयरगिभरमा मात्र श्रमिक लैजाँदै आएकोमा त्यहाँका अन्य क्षेत्रमा पनि नेपाली लैजाने चासो देखाएको हो ।
इजरायलले तत्कालै कृषि तथा केयरगिभर क्षेत्रमा थप १ हजारभन्दा बढी नेपाली श्रमिक लैजाने प्रतिबद्धता जनाइसकेको छ ।
यसअघि गएका १ हजार केयर गिभरबाहेक थप ५ सय र कृषि क्षेत्रमा ६ सय लैजाने भएको हो । बुधबार बैदेशिक रोजगार विभागमा इजरायली पक्षसँग भएको छलफलमा यसअघि छनोट भएर लट्रीमा नपरेका र नयाँलाई समेत छनोट गरे लैजाने गरी तयारी भएको हो । आजको कारोबार दैनिकबाट