इलाका प्रहरी कार्यालय रानी, विराटनगरले सोमबार बेलुका ७ बजे भारतबाट भन्सार छली ल्याउँदै गरेको १ सय ५८ थान कुर्ता सुरूवालको कपडा बरामद गरेको छ। कार्यालय अगाडि राखेको चेकिङ टोलीले रानीबाट विराटनगर जाँदै गरेको को १ ख १६० नम्बरको यात्रुबाहक बसबाट बेवारिस अवस्थामा ती कपडा बरामद गरेको हो।

बरामद कपडालाई आवश्यक कारबाहीको लागि मंगलबार विराटनगर भन्सार कार्यालय बुझाइएको प्रहरी निरीक्षक ओमप्रकाश खनालले बताए। पाँच दिनअघि पनि १ लाख मूल्य बराबरका कपडा इप्रका रानीले नै बरामद गरेको थियो।

सम्बन्धित खबरहरु