जिल्ला प्रशासन कार्यालय ललितपुरको अनुगमन टोलीले आज भैंसेपाटीस्थित विष्णु स्टोरमा आकस्मिक अनुगमन गरी विभिन्न खाद्य तथा पेयपदार्थ नष्ट गरेको छ। टोलीले माउन्टेन डिउ, पेप्सी, फ्यान्टा, दालमोठ, पास्ता, सनफ्लावर तेल, बिस्कुटलगायत १५ वटा म्याद गुज्रेका खाद्य तथा पेयपदार्थ नष्ट गरेको अनुगमन टोलीका संयोजक चोमेन्द्र न्यौपानेले बताए।

उक्त स्टोरका सञ्चालक विष्णुभक्त श्रेष्ठलाई पसलमा मूल्यसूची राख्न, मल्य अभिवृद्धिकर (भ्याट) बिल प्रयोग गर्न र खाद्य एवम् अखाद्य वस्तु एकैस्थानमा राखेर बिक्री नगर्न निर्देशन दिइएको राससले जनाएको छ।

सम्बन्धित खबरहरु