Belief that the troubled economy of the country will improve with the new government:

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको छ ।

महासङ्घले सोमबार मुलुकको ४४ औँ प्रधानमन्त्रीको शपथ ग्रहण लिनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज विज्ञप्तिमार्फत ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको हो ।

महासङ्घका अध्यक्ष कुमार कार्कीले नयाँ सरकारको गठनसँगै मुलुकको आर्थिक विकासले गति लिने र देशमा रोजगारीको अवसर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “निजी क्षेत्रले भोग्नुपरेका समस्या नयाँ सरकारले निराकरण गरी व्यवसायीमैत्री वातावरण बनाउने विश्वास महासङ्घले लिएको छ”, उहाँले भन्नुभयो ।

महासङ्घले राजनीतिक स्थायित्वका लागि सरकारमा आबद्ध साथै प्रतिपक्षमा रहने राजनीतिक दलहरू एकताबद्ध भएर राष्ट्र निर्माण गर्न सरकार सफल रहोस् भन्ने कामनासमेत गरेको छ ।

धुलाबारी मावि जिल्लाकै उत्कृट विद्यालय
धुलाबारी माध्यमिक विद्यालयलाई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले झापाकै उत्कृष्ट विद्यालयको रुपमा छनोट गरेको छ ।

प्रदेशका १४ जिल्लाबाट एक÷एक उत्कृष्ट विद्यालय छनोट गर्दा झापाको सो विद्यालय परेको हो । मन्त्रालयको मूल्याङ्कनका आधारमा धुलाबारी माविलाई उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा छनोट गरी अनुदान दिने घोषणा गरिएको हो ।

मन्त्रालयको प्रशासन तथा शैक्षिक योजना महाशाखाले धुलाबारी माविलाई पत्रचार गरी अनुदानका लागि आवश्यक कागजात पेश गर्न आग्रह गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले रु १४ लाख ५० हजार अनुदान प्राप्त गर्नेछ । अनुदानबापतको २० प्रतिशत रकम प्रोत्साहन कार्यक्रम र बाँकी ८० प्रतिशत रकम विद्यालयको प्रस्तावका आधारमा कार्य गर्ने गरी योजना तयार पार्न मन्त्रालयले निर्देशन दिएको उहाँको भनाइ छ ।

आगामी पुस १७ गतेभित्र पेश गर्नुपर्ने प्रस्तावनामा विद्यालयको विगत र वर्तमान अवस्था प्रष्ट हुने कागजात, विद्यालयको भौतिक अवस्था, कक्षागत विद्यार्थी तथा शिक्षकको विवरण, सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपिलगायतका छन् ।

धुलाबारी मावि झापाकै पुराना विद्यालय हो । हाल यहाँ प्राविधिक शिक्षासँगै कक्षा १ देखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइसमेत हुने गरेको छ । “हामीले गरेको कामको प्रदेश सरकारले सही मूल्याङ्कन गरेको छ”, प्रधानाध्यापक लुइँटेलले खुसी हुँदै भन्नुभयो, “अनुदान पाएको रकमलाई सही सदुपयोग गरेर अझ विद्यालय सुन्दर र व्यवस्थित बनाउनेछौँ ।” रासस

 

 

सम्बन्धित खबरहरु