काठमाडौं । हृदयाघात सामान्यतया उमेर पुगेकाहरूलाई हुने विश्वास गरिन्छ । तर पछिल्लो समय यसबाट युवा पुस्ता पनि एकदम धेरै ग्रसित भइरहेको छ । विशेष गरेर जाडो मौसममा हृदयाघात भएर ज्यान गुमाउनेहरू धेरै छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञका अनुसार जाडो मौसममा यसको खत्तरा धेरै हुन्छ । दिल्लीको म्याक्स अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा मनोज कुमारका अनुसार जाडो याममा हृदयाघात बढ्छ, वृद्धवृद्धालाई हृदयाघातको सम्भावना बढी हुन्छ ।
तर आजकल युवाहरुमा पनि यो समस्या देखिन थालेको छ । यसबाट बच्न जाडोमा बिहानको सूर्योदयअघि नै बाहिर (मर्निङ वाकमा) हिड्न नहुने उहाँको सुझाव रहेको छ । विशेष गरेर जाडोमा सूर्योदयअघि मर्निङ वाकमा निस्कन हुँदैन् ।
विशेष गरी मुटु रोगको इतिहास भएका व्यक्तिहरूले ख्याल गर्नुपर्छ । उहाँले भन्नुभयो, ‘जाडोमा रक्सी र धुम्रपानले शरीरलाई न्यानो राख्छ भन्ने भ्रम छ तर त्यस्तो हुँदैन ।’ उहाँले थप्दै भन्नुभयो, ‘तपाईं घरभित्र सक्रिय रहन सक्नुहुन्छ तर बाहिरी गतिविधिहरू बेवास्ता गर्नुपर्छ ।’
Delhi | Heart attacks increase in winter, elderly people are more prone to heart attacks but nowadays it can be seen in youth too. To avoid this, outdoor morning walks in winter should be avoided before sunrise: Sr Cardiologist, Dr Manoj Kumar, Fortis Hospital pic.twitter.com/H9SopUJoDj
— ANI (@ANI) January 8, 2023