काठमाडौं । करिब ३५ वर्षअघि बजारमा १ किलो गहुँको मूल्य २ रुपैयाँभन्दा कम थियो भन्दा पत्याउन गाह्रो हुन सक्छ । तर भारतीय बजारमा गहुँको मूल्य भारु २ भन्दा कम थियो ।

भारतीय वन सेवा (आइएफएस) का एक अधिकारीले गहुँको पुरानो बिल साझा गर्दै यसबारे जानकारी गराएका हुन् । ती अधिकारीका अनुसार यो बिल उनका हजुरबुवाको हो । आफ्नो हजुरबुवाको बिल ट्विटरमा साझा गर्ने अधिकारीको नाम परवीन कासवान हो ।

बिल अनुसार त्यसबेला गहुँको मूल्य प्रतिकिलो १.६ रुपैयाँ थियो । गहुँको बिलको सो तस्विर सामाजिक सञ्जालमा भाइरल हुँदैछ । उनका हजुरबुवाको ‘जे फार्म’ थियो ।

भारतीय खाद्य निगमलाई बेचेको उत्पादनको बिल हो । जनवरी २ मा फर्मको तस्विर साझा गर्दै अधिकारीले भनेका छन्, ‘जब गहुँ प्रतिकिलो १.६ रुपैयाँ थियो । मेरो हजुरबुवाले १९८७ मा भारतीय खाद्य निगमलाई गहुँ बेच्नुभयो ।’

साथै, अधिकारीले आफ्नो हजुरबुवासँग सबै अभिलेख राख्ने बानी रहेको पनि बताए । उनले भनेका छन्, ‘यो कागजातलाई जे फर्म भनिन्छ । उहाँको सङ्ग्रहमा विगत ४० वर्षमा बिक्री भएका बालीका सबै कागजातहरू छन् ।

जो कोहीले घरमा अध्ययन गर्न सक्छन् ।’ यतिबेला यो बिल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मानिसहरुले आ–आफ्नै तरिकाले प्रतिकृया दिइरहेका छन् ।

https://twitter.com/ParveenKaswan/status/1609941054006104069

सम्बन्धित खबरहरु