नेपालको पूँजी बजारलाई स्थायित्व र आधार प्रदान गर्न अर्को सामुहिक कोष लक्ष्मी क्यापिटलले ४० करोडको ईकाई निश्काशन गरेको छ ।

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलले १० रुपैयाँ मूल्यको चार करोड ईकाईको लक्ष्मी भ्यालु फण्ड १को सार्वजनिक निश्काशन आब्हान गरेको हो । यसरी पूँजी बजारलाई आधार प्रदान गर्न आएको लक्ष्मी म्युचुअल फण्ड पाँचौ कम्पनी हो ।

laxmi capital

यस अघि सिद्धार्थ क्यापिटल, नबिल ईन्भेष्टमेन्ट, एनएमबी क्यापिटल र एनआईबीएल क्यापिटलले यस्ता ईकाईहरु निश्काशन गरी अधिकांश कोष पूँजी बजारमा परिचालन गरिरहेका छन् । ईकाईको हिसावले लक्ष्मी म्युचुअल फण्ड छैटौं ईकाई हो ।

पाँच बर्षे बन्दमुखी लक्ष्मी भ्यालु फण्ड १ को बिक्री खुला माघ २९ गतेदेखि हुने छ । यसमा आबेदन गर्न चाहनेले कम्तिमा १०० ईकाईका लागि १० रुपैयाँको दरले रकम जम्मा गरी लक्ष्मी क्यापिटल र लक्ष्मी बैंकका शाखा कार्यालयहरुमा आबेदन बुझाउन सकिने जनाईएको छ । सर्वसाधारण लगानीकर्ताले बढीमा ४० लाख ईकाईसम्मका लागि आबेदन गर्न पाउने भएका छन् । बढी आबेदन परेमो कोषको आधार ५० करोडसम्म पुग्नुका साथै आबेदन लिने काम फागुन ६ गते नै बन्द हुने भएको छ ।

लक्ष्मी बैंकले प्रबद्र्दन गरेको कोष ब्यवस्थापकमा लक्ष्मी बैंकका सुमेद भट्टराईसहित छ जना, प्रमुख कार्यकारीमा राजीव सापकोटा र कोष सुपरीबेक्षकमा पूर्व सचिव डा. भोलानाथ चालिसेसहितको समूह रहेको छ ।

शेयर बजारमा जोखिम मूल्याङकन गरी लगानी गर्न नसक्नेहरुका लागि यस्ता सामुहिक लगानी कोष निकै उपयोगी हुने गरेका छन् । यस्ता कम्पनीहरुले शेयर बजारमा कम्पनीको अबस्था, संस्थागत सुशासन, प्रगति गर्नसक्ने संभावना, जोखिमको अबस्थालगायतका बिषय मूल्याङकन गरी लगानी गर्ने हुँदा ईकाईधनी सर्बसाधारणले ढुक्कले प्रतिफल पाउने गर्छन । बर्षेनी ईकाईधनीले लाभांश पाउनुकासाथै पाँच बर्षे अवधि समाप्त भएपछि जम्मा प्रतिफलसहितको एकमुष्ट रकम फिर्ता पाउने भएकाले सामुहिक लगानी कोष अति नै सुरक्षित मान्निछ ।

अर्कोतर्फ यस्ता कोषहरुले जम्मा भएको पूँजीको ८० प्रंतिशतसम्म रकम शेयर बजारमै लगानी गर्ने हुँदा पूँजी बजारलाई ठूलो आधार मिल्ने र स्थायित्व ल्याउने गरेको छ । यसअघिका चार वटा सामुहिक लगानी कोषहरुले शेयर बजारमा गरेको लगानीले हालैका दिनहरुमा राम्रा कम्पनीको शेयरको मूल्यमा बृद्दि देखिनुका साथै प्रतिकुल अबस्थामा पनि बजार धेरै तल खस्कनबाट रोकेको छ ।

यस अघि एनएमबी क्यापिटल र एनआईबीएल क्यापिटलले निश्किाशन गरेका ईकाईहरुमा अघिक आबेदन परेकाले लक्ष्मी क्यापिटलको ईकाईमा पनि त्यही घटनाक्रम दोहोरिने अपेक्षा गरिएको छ । बैंकहरुमा अधिक तरलता रहेको र लगानीकर्ताहरुमा मनोबल मध्यमस्तरको भएकोले माग गरिएको भन्दा बढी आबेदन पर्ने आँकलन गरिएको हो ।

सम्बन्धित खबरहरु