काठमाडौं । कतारमा भएको फाइनलका क्रममा गरेको ‘अपमानजनक व्यवहार’ र ‘फेयर प्ले उल्लंघन’ गरेको भन्दै फिफाले अनुशासनात्मक कारवाही गर्ने भएको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले विश्वकप विजेता अर्जेन्टिनामाथि कारवाही गर्ने भएको हो ।

सम्भावित ‘खेलाडी र अधिकारीहरूमाथि पनि दुर्व्यहार’ गरेको पनि पुष्टि भएको फिफाले जनाएको छ ।

गोलरक्षक एमिलियानो मार्टिनेजले खेलपछि आफ्नो गोलकिपर अफ द टूर्नामेंट ट्रफी प्राप्त गर्दै गर्दा अभद्र व्यवहार गरेको स्पष्ट देख्न सकिन्थ्यो ।

त्यस्तै ड्रेसिङ रुममा फ्रान्सका स्टार केलियन एमबाप्पेको टाउकोको तस्बीर बोकेर खिल्लीसमेत उडाउँदै हिँडेको तस्बीर सामाजिक संजालमा भाइरहले भएको थियो ।

फिफाको अनुच्छेद ११, जसले आपत्तिजनक व्यवहार र निष्पक्ष खेलका सिद्धान्तहरूको उल्लङ्घनलाई समेट्छ, धारा १२, जसले खेलाडी र अधिकारीहरूको दुर्व्यवहारलाई समेट्छ, र धारा ४४ जसले मार्केटिङ नियमहरू समावेश गर्दछ । अर्जेन्टिनाले सन् १९८६ पछि पहिलो पटक विश्वकप जितेको हो ।

यो पनि स् मेसीको गोलमा पिएसजी विजयी, कतार विश्वकप च्याम्पियन लियोनल मेसीको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले एन्जर्सलाई २–० ले पराजित गरेको छ।

बुधबार राति पिएसजीको जितमा मेसी र हुगो एकिटिके एक एक गोल गरे। खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए। ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए। एसिस्टेन रेफ्रीले मेसीको गोललाई अफसाइट थिएपनि भिडियो असिस्टेन भिएआर रेफ्रीले गोल दिएको थियो।

खेलमा अर्का स्टार नेयमारले तेस्रो गोल गरेका थिए। तर, सो गोल अफसाइट भयो। विश्वकप उपाधि जितेपछि मेसीले पिएसजीबाट पहिलो खेल खेलका थिए। जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएका छ। पीएसजीले १८ खेलमा ४७ अंक जोडेको छ। एन्जर्स आठ अंक जोडेर पुछारमा छ।

 

सम्बन्धित खबरहरु