देशको ठूलो बाणिज्य बैंक मध्येमा पर्ने नबिलले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा खुद नाफा पाँच प्रतिशतले मात्र बढाउँन सकेको छ ।

बैंकले प्रकाशित गरेको त्रैमासिक बित्तीय विवरण अनुसार ब्याज आम्दानीमा ०.८ प्रतिशतले मात्र प्रगति भएको र संचालन नाफा २३ प्रतिशतले बढेको देखाईएको   छ ।

nabilविदेशी मुद्राको कारोबार र शुल्क, कमिशन छुटको आम्दानी घटेकाले नबिलले उल्लेखनीय रुपमा खुद नाफा बढाउन नसकेको देखिएको छ । बैंकले निस्क्रिय कर्जालाई ३१ प्रतिशतले घटाएर २.१ प्रतिशतमा झारे पनि जोखिम ब्यहोर्ने कोषबाट उल्लेखनीय रुपमा रकम फिर्ता ल्याउन सकेको छैन् । बैंकको निक्षेप २८ र कर्जा २६ प्रतिशतले बढेको अबस्थालाई भने सन्तोषजनक मान्न सकिन्छ ।

गत बर्षको खुद नाफाबाट बोनस शेयर दिएर पूँजी बृद्धि गरेको बैंकले सोही अनुपातमा खुद आम्दानी बढाउन नसक्दा प्रतिशेयर आम्दानी घटेको छ । बैंकको जगेडा कोषमा रकम थपिने क्रम जारी रहेको र अरु सुचकहरु पनि बलिया रहेकाले आगामी त्रैमासहरुमा लगानीकर्तालाई आशाबादी बनाउने थुपै्र आधारहरु नबिलसँग छन् ।

सम्बन्धित खबरहरु