काठमाडौं । आफूविरुद्ध बयान दिनेलाई एसिडमा डुबाएर मार्ने कुख्यात डनलाई प्रहरीले अन्ततः पक्राउ गरेको छ ।

इटालीको मोस्ट वान्टेड माफिया माटियो मेसिना दिनारो सोमबार सिस्ले सहरबाट पक्राउ परेका हुन् । प्रहरीले ३० वर्षदेखि उनको खोजी गरिरहेको थियो ।

सन् १९९३ देखि फरार रहेका ६० वर्षीय माफिया प्रमुखलाई सिसिलियाको राजधानी पालेर्मोको एक निजी अस्पतालबाट नियन्त्रणमा लिइएको हो । उनलाई पक्रन सुरक्षा बलका एक सय सिपाही तैनाथ गरियो ।

१० भन्दा बढी मानिसको हत्या अभियोगमा मेसिना डिनारोस फिल्मी शैलीमा पक्राउ परेका हुन् । पक्राउ पर्दा उनको स्थानीय अस्पतालमा क्यान्सरको उपचार भइरहेको थियो । प्रहरीले उनलाई समातेर बाहिर ल्याएपछि सडकमा गाडी लिएर उभिएका मानिसले ताली बजाए ।

मेसिना दिनारोले एक पटक आफ्नो प्रशंसा गर्दै भनेका थिए, ‘मैले मार्न सक्छु, सम्पूर्ण मसानघाटलाई लाशले भर्न सक्छु ।’

माटेओ मेसिना दिनारोले इटालीको सबैभन्दा खतरनाक माफिया कोसा नोस्ट्राका लागि काम गर्थे । यी माफिया लागुऔषध ओसारपसार, सम्पत्ति शुद्धीकरण जस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको बताइन्छ । मेसिना दिनारोमाथि प्रहरी अधिकारी र ११ वर्षीय बालकको हत्या गरेको अभियोग छ ।

मेसिना दिनारोले सन् १९९३ मा आफूविरुद्ध बयान दिने व्यक्तिको छोराको अपहरण गरेका थिए । दुई वर्ष कैदमा राखेर डिनारोले ती छोरालाई एसिड फालेर मारेका हुन् । सोमबार, सिंगो इटालीको नजर मेसिना दिनारोको पक्राउमा केन्द्रित थियो । वर्षौंदेखि त्यहाँको सरकार उनलाई पक्राउ गर्न असफल भइरहेको थियो ।

उनलाई नियन्त्रणमा लिएपछि इटालीमा सक्रिय माफिया समूहलाई ठूलो धक्का लागेको छ । बीबीसीका अनुसार मेसिना डिनारो कोसा नोस्ट्रा माफियाको गोप्य रक्षक हुन् । प्रहरीले उनीबाट सबै रहस्य बाहिर निकाल्ने अपेक्षा सबैको छ । इटालियन प्रहरीले मेसिनालाई वर्षौंदेखि खोज्दै आएको थियो ।

सोहीकारण सन् २००१ मा प्रहरीले उनको स्थानबारे जानकारी पाएको थियो । गोप्य सूचनाका आधारमा प्रहरी नेदरल्याण्ड पुग्यो । अनि त्यहाँबाट बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरिएको थियो । त्यसपछि उनी माफिया डन मेसिना होइन नभएको खुल्यो । ती व्यक्ति लिभरपुलका फर्मुला वन फ्यान थिए ।

दिनारो पक्राउपछि उनलाई समात्ने सुरक्षाकर्मीको प्रशंसा भइरहेको छ । जियान कार्लो क्यासेली नामक न्यायाधीशले यो दिनलाई ऐतिहासिक घोषणा गरे । यो सफलताका लागि इटालीका राष्ट्रपति सर्जियो माटारेलाले प्रहरी विभाग र आफ्नो आन्तरिक मन्त्रीलाई बधाई दिएका छन् ।

डरलाग्दो कुरा के भने, मासिमा दिनारोले सन् १९८० मा राष्ट्रपतिका भाइ पिरासान्तीको हत्या गरेका थिए । प्रधानमन्त्री जर्जिया मेलोनीले पनि सुरक्षा बललाई धन्यवाद दिँदै दिनारोको पक्राउलाई सरकारको ठूलो जित भनेकी छन् ।

 

सम्बन्धित खबरहरु