स्वास्थ्य ब्यूरो । हरेक जोडीले बच्चा जन्माउने प्रयास गर्छन् । ठूलो प्रयासमापनि केहीको बच्चा हुन सक्दैन । केहीको भने जुम्ल्याहा हुन्छ ।

दुईभन्दा बढी भएकोपनि पाएका छौ । हरेक जोडीलाई बच्चाले उनीहरुको जीवनलाई पूर्ण बनाउनमा मद्दत गर्दछ।

र केहि जोडीहरू जुम्ल्याहा बच्चाहरूलाई पनि जन्म दिन चाहन्छन्, उमेर बढी हुनुको कारण कोही महिलाहरुले जुम्ल्याहा बच्चाको बारेमा सोच्ने गर्दछन् भने कोही चाहान्छन्।

यदि तपाईं यस्तो सोच्दै हुनुहुन्छ भने, त्यसोभए पहिले तपाईलाई जुम्ल्याहाहरू कसरी हुन्छन् भनेर जान्नु महत्त्वपूर्ण छ। जुम्ल्याहा दुई प्रकारका हुन्छन्, पहिलो, जब महिलाको अंडाशयबाट निकालेको अण्डा एकल स्पर्मद्वारा निषेचित हुन्छ, तर पछि दुईमा विभाजन हुन्छ।

तिनीहरू समान प्लेसेण्टामा जोडिएका छन् तर अण्डाहरूको विभिन्न भागहरूमा भ्रुणहरूको विकास हुन्छ। तिनीहरूलाई मोनोजाइगोटिक जुम्ल्याहा भनिन्छ जो देख्नमा समान हुन्छन्।

जबकि कहिलेकाँहि अण्डाशयबाट बाहिर निस्कने दुई अण्डालाई विभिन्न शुक्राणुद्वारा निषेचित गरिन्छ, र तिनीहरूको प्लेसेण्टमा पनि फरक–फरक हुन्छ। जुन जुम्ल्याहा बच्चा हेर्दा फरक–फरक छन् ।

तिनीहरूलाई फरक जुम्ल्याहा भनिन्छ। यदि तपाई गर्भवती हुने प्लान सोच्दै हुनुहुन्छ र जुम्ल्याहा बच्चाहरूलाई जन्म दिन चाहनुहुन्छ भने, यसको लागि तपाईलाई धेरै कुराको हेरचाह गर्नु महत्त्वपूर्ण छ।

त्यसोभए आउनुहोस् अब हामी बताउँच्दैछौ कि जुम्ल्याहा बच्चाहरूलाई जन्म दिन के कुरा ध्यान दिनुपर्दछ।

फोलिक एसिड : एक अनुसन्धानका अनुसार, गर्भावस्थाको योजना बनाउनु भन्दा कम्तीमा ३ देखि ६ महिना अघि फोलिक एसिड सेवन गर्दा गर्भमा जुम्ल्याहा हुने सम्भावना बढ्न मद्दत गर्दछ र डाक्टरको सल्लाह लिएपछि यसको सेवन गर्न सक्नुहुन्छ।

धेरै डाक्टरहरूले यसको पुष्टि गर्दैनन्, तर गर्भावस्थामा फोलिक एसिडको सेवनले शिशु वा जुम्ल्याहा दुवैलाई रोगहरूबाट सुरक्षित राख्दछ र स्वस्थ रहन्छ।

स्तनपान : यदि तपाई आफ्नो पहिलो बच्चालाई एक बर्षको लागि स्तनपान गर्दै हुनुहुन्छ, र यस बीचमा तपाईले दोस्रो गर्भावस्थाको योजना बनाउनुहुन्छ। त्यसो गर्दा जुम्ल्याहा हुने सम्भावना पनि बढ्छ। किनभने यस समयमा प्रोलेक्टिन हार्मोन शरीरमा उत्पादन हुन्छ र साथ साथै शरीरमा इस्ट्रोजेनको स्तर पनि घट्छ। यस कारणले, निषेचित अण्डाहरूलाई गर्भाशयमा सम्मिलित हुन लामो समय लिन्छ र अण्डाहरूलाई दुई भागमा विभाजन गर्ने सम्भावना बढ्छ र जुम्ल्याहा हुने सम्भावना पनि बढ्छ।

उमेर : उमेर बढी भएपछि पनि जुम्ल्याहा हुने सम्भावना बढ्छ किनकि यस समयमा अण्डासय एक पटकमा एक भन्दा बढी अण्डा उत्पादन गर्न थाल्छ। जसको कारण अण्डाको निषेचन हुन सक्छ, गर्भमा जुम्ल्याहा हुने सम्भावना बढ्छ।

वंशाणुगत : यदि तपाईको घरमा पहिले कुनै जुम्ल्याहा बच्चा भएको छ, वा तपाईले पहिले जुम्ल्याहा बच्चाहरूलाई जन्म दिइसक्नुभएको छ भने, त्यसपछि दोस्रो बच्चाको गर्भवती भए पनि जुम्ल्याहा बच्चालाई जन्म दिने सम्भावना बढी हुन्छ।

 

सम्बन्धित खबरहरु