काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई मन्त्री गिरीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । वंशाणुगत जन्डिस रोगका कारण पीडित हुनुभएका नेता पुन गत पुस ३० गतेदेखि उपचाररत हुनुहुन्छ ।

पुनको अवस्थाबारे जानकारी
यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेललगायतका नेताले पनि उपमहासचिव पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

देशिक रोजगारीबाट फर्केर स्वदेशमै कृषि कर्म
 वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यवसायिक तरकारी खेतीमा संलग्न हँुदै आउनुभएको छ ।
साउदीअरबको गर्मीमा काम गर्दा गर्दै बिरामी भएर घर फर्केका चौधरी उपचारपछि स्वास्थ्य लाभ गरेर तरकारी खेतीमा लाग्नुभएको हो । दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी गएका उहाँ स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाई स्वदेश फर्किनुभएको हो ।
“विदेशमा छँदा बिरामी परेँ”, उहाँले भन्नुभयो, “घर फर्केपछि उपचार गरे, निको भएपछि घरमै खाली बस्नुभन्दा तरकारीखेतीमा लागेँ, बुबाले थोरै जग्गामा तरकारीखेती गर्नु हुन्थ्यो, त्यसलाई विस्तार गरी व्यावसायिक बनाए ।” सुरुमा थोरै जग्गामा तरकारीखेती गरेका चौधरीले बिस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै ललग्नुभयो ।
हाल डेढ बिघा जग्गामा उहाँले तरकारी लगाउनु भएको छ । चौधरीको बारीमा काउली, बन्दा, गोलभेँडा, बेमौसमी काँक्रा, स्कुस, आलु र साग रोपिएको छ । वर्षभरि नै तरकारी खेती गर्दै आएका चौधरीको वार्षिक आम्दानी रु १० लाख बढी रहेको छ । वर्षमा उहाँले रु १५ लाख जतिको तरकारी बेच्नुहुन्छ ।
मलखाद, बीउबिजन, कीटनाशक औषधी जोताइ, सिँचाइ, ढुवानीमा गरी वर्षमा रु पाँच लाख खर्च गर्नुहुन्छ । उहाँका अनुसार खर्च गरिएको रकमभन्दा तरकारी खेतीबाट दोब्बर बढी आम्दानी हुने गरेको छ । तरकारी उत्पादनका लागि उहाँले आफ्नै लगानीमा तीन प्लाष्टिकका टनेल निर्माण गर्नुभएको छ । टनेलमा अहिले बेमौसमी काँक्राका बोट रोपिएका छन् ।
अरू बेला टनेलमा बेमौसमी तीतेकरेला, लौका, फर्सी रोप्ने गर्नुहुन्छ । श्रीमती, बहिनी र बुबाले उहाँलाई तरकारी खेतीमा सघाउने गर्नुभएको छ । “गत वर्ष बजार नपाएर झन्डै २० क्विन्टल गाडामा लोड गरेर बिक्रीका लागि लगेको लौका बिक्री नहुँदा घाटा व्यहोर्नु प¥यो”, उहाँले भन्नुभयो, “बजारमा सहज रुपमा तरकारी बिक्री गर्न पाइए अझै उत्पादन बढाउन सकिन्छ, सानो बजार छ, बिक्री गर्न नै धौधौ छ, त्यसैले बढी तरकारी उत्पादन गर्न पाएका छैनौँ ।”
बजारमा खपत हुने जति तरकारीको अनुमान गरेर उत्पादनमा जोड दिइँदै आएको उहाँले बताउनुभयो । स्थानीय कलुवापुर, झलारीका व्यापारीसँग समन्वय गरेर तरकारी बिक्री हुने गरेको उहाँको भनाइ छ ।
बर्सातका बेला चौधरीले बर्खे तरकारीमा तनेबोडी, तीतेकरेलाको खेती गर्दै आएका छन् । विदेश जाँदा लागेको ऋण तिरेर तरकारी खेतीकै पैसाले गाउँमै उहाँले चारकोठे पक्की घर निर्माण गर्नुभएको छ । उहाँले तरकारीखेतीसँगै १५ उन्नत जातका बाख्रासमेत पाल्नुभएको छ ।
“खसी, बोका, पाठापाठी बिक्री गरेर वर्षमा रु ४० हजारदेखि रु ६० हजारसम्म आम्दानी हुने गरेको छ, गएको वर्ष स्थानीय जातका कुखुरा पनि पालेका थियौँ”, चौधरीकी श्रीमती विनाले भन्नुभयो, “ कुखुराबाट खासै गतिलो आम्दानी हात पार्न सकेनौँ, त्यसैले यस वर्ष पालेका छैनौँ ।” तरकारी खेती गर्ने किसानलाई बैंकले विना धितो तरकारीखेती गरेकै आधारमा ऋण दिने व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ ।
“बैङ्कमा धितोका लागि नम्बरी जग्गा माग्छ”, उहाँले भन्नुभयो, “हामीसँग ऐलानी जग्गा मात्रै छ, त्यसमा ऋण पाइँदैन, बैङ्कबाट ऋण नपाइएपछि वित्तीय संस्थासँग चर्को ब्याजमा ऋण निकालेर लगानी गर्नुपरेको छ ।” बेलडाँडी गाउँका १० जना बढी किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीमा संलग्न कुनै पनि किसानसँग स्वामित्वको जग्गा छैन ।
नम्बरी जग्गा नहुँदा तरकारी खेतीमा संलग्नले साहू, सहकारी संस्था, समूहबाट थोरै मात्रामा कर्जा लिएर काम चलाउने गरेका छन् । तरकारी खेतीमा संलग्न किसान जानकी चौधरीले व्यावसायिक तरकारी खेतीका लागि अनुदानसँगै तालिम र सहुलियत रुपमा थोरै ब्याजमा कर्जाको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
“तरकारी उत्पादन गर्छौं”, उहाँले भन्नुभयो, “सङ्कलन केन्द्र छैन, बजारमा लैजाँदा व्यापारीले भनेकै दरमा बिक्री गरेर आउनुपर्छ, यो समस्या समाधानका लागि नगरपालिकाको कृषि शाखामा जानकारी गराउँदासमेत बेवास्ता हँुदै आएको छ ।”
नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले किसानले माग गरेअनुसारको तालिमको व्यवस्था शाखाबाट गरिँदै आएको बताउनुभयो । “कृषि औजार, उपकरण र बीउबिजनमा नगरपालिकाले अनुदानका कार्यक्रम उपलब्ध गराउँदै आएको छ”, उहाँले भन्नुभयो, “अहिले पनि अनुदानका कार्यक्रम सञ्चालन गरेका छौँ, किसानले तोकिएको ढाँचामा निवेदन दिएर छनोटमा पर्नु प¥यो ।” रासस

सम्बन्धित खबरहरु