काठमाडौं । आजकल सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड सुरु भएको छ । सामाजिक सञ्जालमा पुराना बिलका तस्बिरहरू निकै भाइरल भइरहेका छन् । पछिल्लो समय बुलेट, साइकल, दाल लगायतका धेरै कुराका पुराना बिलहरु धेरै देखिने गरेका छन् ।

भारतीय बजारमा सन् १९८४ मा एउटा बुलेट बाइकको मूल्य १७ हजार रुपैयाँ थियो । उक्त पुरानो बिलको तस्बिर धेरै हेरियो । यतिबेला तस्विर सामाजिक सञ्जालमा भाइरल हुँदैछ ।

तस्विर सुनको मूल्य सहितको बिलको हो । त्यो बिलमा सन् १९५९ को हो । अर्थात् यो बिल करिब ६४ वर्ष पुरानो हो । त्यो समयमा सुन कति पर्थ्यो भन्ने जान्दा तपाईं पनि छक्क पर्नुहुनेछ ।

त्यो समयमा एक तोला सुनको भाउ मात्र भारु ११३ थियो । यो मूल्यमा आज एउटा चकलेट पनि आउँदैन् । आज एक तोला सुनको भाउ भारतमा ५२ हजार नाघेको छ । नेपालमा एक लाख नाघेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको यो बलिमाथि विश्वास गर्नुहुन्छ भने यो ३ मार्च १९५९ को हो ।

बिल महाराष्ट्रको वामन निम्बाजी अष्टेकर पसलको हो । खरिद गर्नेको नाम शिवलिंग आत्माराम हो । यस बिलका अनुसार आत्मारामले सुन र चाँदीका गहना किनेका थिए, जसको कुल मूल्य भारु ९०९ लेखिएको छ । यो बिल देखेर सबै छक्क परेका छन् ।

सामाजिक सञ्जालमा त्यतिबेलाको ११३ रुपैयाँ पनि अहिलेको ५० हजार बराबर भएको भनिरहेका छन् । यसैबीच कतिपयले सुनसँग मात्र नभई त्यतिबेलाको मुद्रास्फीति र तलबसँग सो मूल्यको तुलना गर्नुपर्ने तर्क गरेका छन् ।

सम्बन्धित खबरहरु