काठमाडौं । नेपाली 'रियालिटी शो' मा नयाँ आयम थप्ने व्यक्ति हुन् प्रस्तोता एवं निर्देशक विशाल भण्डारी ।

च्यानल नेपाल, नेपाल वान टेलिभिजन, इमेज च्यानल, एपी वान एच डी टेलिभिजन लगायतका केही चर्चित टेलिभिजनमा 'ब्याक टू ब्याक' उत्कृष्ट कार्यक्रम निर्देशन तथा प्रस्तुती दिएका विशाल अहिले आफ्नै रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन’, ‘कमेडी च्याम्पियन’ लगायका कार्यक्रममा उत्कृट काम गरिरहेका छन् ।

स्थानीय सरकारको निर्वाचन अघि विशाल दिनरात काठमाडौं महानगरपालिकाको प्रमुखमा मेयर बालेन (बालेन्द्र) साह को पक्षमा उभिए । उनले आफ्ना कार्यक्रममा अतिथि बोलाएर बालेनलाई मतदातासम्म पुग्न साथ दिए ।

सामाजिक सञ्जालका इन्बक्समा आफ्नो सम्पर्कमा रहेका कसैलाईपनि बालेनको पक्षमा माहोल बनाउन कसर राखेनन् । उनी स्वयंपनि स्कुल तहको अध्ययनदेखि नै काठमाडौंमा स्थायी बसोबास गर्छन् ।

पुर्खौली थलो खोटाङ भएपनि बुबा मोरङको बेलबारी हुँदै राजधानी उपत्यकामा आउँनुभयो । विशालको परिवार  सबैको नागरिकता काठमाडौंबाट नै छ । मतदाता नामावलीपनि काठमाडौंमा नै छ ।

उनी विचारमा बामपन्थी भएपनि यो पटक नयाँ पुस्ताले केही गर्नसक्छन् साथ दिनुपर्छ भन्ने धारणा बनाएका व्यक्तित्वमा पर्छन् । गोप्य मतदान भएकाले मत कसलाई हाले त्यो भन्ने कुरा हैन, तर बालेनको पक्षमा खरो रुपमा उत्रिएका एक शीर्ष व्यक्तित्व उनीपनि हुन् ।

अहिले महानगरको कार्यशैलीमाथि उनले प्रश्न उठाउन थालेका छन् । उनले मात्र हैन, नगरवासी र अधिकांश नेपालीहरुले महानगरको नेतृत्वमाथी प्रश्न गरिरहेको छ । प्रश्न थाम्न नसकेर काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असंयमित हुन थालेका छन् ।

महानगरपालिकाभित्र व्यवस्थापनविनै जथाभाबी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरूलाई मेयर बालेनले अमर्यादित जवाफ दिंदै प्रतिप्रश्न गर्न थालेका छन् ।

शुक्रबार राति मात्रै ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्देशक भण्डारीले भत्काउन बाहेक बनाएको देखिएन ? भन्ने प्रश्न गर्दा मेयर साहले गैरजेम्मेवारीपूर्ण जवाफ दिएका छन् ।

मेयर बालेनले निर्देशक भण्डारीको व्यवसायमाथि उल्टो प्रश्न गर्दै कमेन्टमा लेखेका छन् , ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

मेयर बालेनको यो जवाफमाथि सामाजिक सञ्जाल फेसबुकमा लामै बहस भएको छ । त्यसपछि निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्‍याएका छन् – मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ?

पहिलो प्रश्नको उत्तर नपाएपछि दोस्रो स्टाटसमा भण्डारीले मेयर बालेनलाई श्री ८ को संज्ञा दिएका छन् ।

दोस्रो प्रश्नमा मेयर बालेन साहले थप आक्रामक हुँदै कमेन्ट गरेका छन् । निर्देशक भण्डारीलाई भाइ सम्बोधन गर्दै मेयर साहले प्रश्न सोध्न पाइने तर दारु खाएर रातिराति दुःख दिन नपाइने बताएका छन् ।

मेयर साहले भण्डारीलाई प्रतिप्रश्न गर्दै लेखेका छन्, ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिराखेको मान्छेलाई दारु खाएर रातिराति दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? ‘

केही अन्तर्वार्तामा विशाल भण्डारीसँग आफ्नो पहिलेदेखि कै चिनजान रहेको उनले बताएका छन् । यसैले उनलाई यो थाहा नभएको हैन की, यो काठमाडौं विशाल भण्डारीकोपनि हो । तर उनले व्यांग्य गरेर तिमी काठमाडौंको हैनौं । बाहिरको व्यक्ति हौं जसरी बालेन प्रस्तुत भएका छन् ।

स्मरणीय कुरा के छ भने बालेन स्वयं काठमाडौंका रैथाने हैनन् । अरु भूगोलमा काठमाडौं आएर बसोबास गरेका व्यक्ति नै हुन् । यसले काठमाडौंका मुलबासी भन्दा बाहिरबाट आएर स्थायी बनेकाहरुलाई मेयर बालेनले कसरी हेर्छन् भन्ने प्रष्ट पार्छ ।

सम्बन्धित खबरहरु